…अनि मैले १८ बर्षमै आँखा गुमाए

२७ औँ जनयुद्ध दिवस

सल्यान १, फागुन ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ४ कालागाउँ खरखरेना निवासी चन्द्र किरण गिरी घर नजिकैँको एक बिद्यालयमा अध्ययन गर्नुहुन्थ्यो । गाउँघरमा सशस्त्र द्धन्द्धको निकै प्रभाव परिहेको थियो । पार्टीका नेताहरु सहभागि हुने र भेला गर्ने, संगठन निर्माण गर्ने लगाएतका कार्य चलिरहेका थिए ।

२०५२ सालमा माओवादीले जनयुद्ध घोषणा गर्यो । त्यसपछि बिद्यालयमा गाइने श्रीमान गम्भिर….. भन्ने गानको बिरोध गर्न शुरु भयो । त्यसबेला बिद्यालयमा त्यस गानको बिरोध गर्ने बिद्यार्थीहरुको नाम संकलन भए छ । त्यसपछि प्रकाश चन्द भन्ने इनिस्पेक्टरले गिरी सहित सबै बिद्यार्थीहरुलाई उठाएर लठ्ठीले पिट्नुभयो । त्यसको केही समयपछि टाट्केको सामुरा भन्ने ठाँउमा प्रहरीमाथि एम्बुस भयो ।

त्यो बेला बिद्यालयमा गाइने गानेको बिरोध गर्ने सबै बिद्यार्थीहरुको खोजी कार्य शुरु भयो । त्यस बेलासम्म स्थानिय केही मान्छेको अपहरण भैरहेको, केहीलाई गोली हानिएको जानकारी प्राप्त भयो । अनि आफुपनि जनयुद्धमा लाग्नैपर्ने निष्कर्श सहित उहाँ २०५४ सालमा माद्यामिक तहको पढाइ नै अधुरो छोडेर जनयुद्धमा लाग्नुभयो । त्यो बेला उहाँ १५ बर्षको हुनुहुन्थ्यो ।

माओवादीमा होमिएपछि उहाँ सुरक्षा दलको सदस्यका रुपमा रहनुभयो । पछि कम्पनिको सदस्य हुदैँ जिल्ला प्लाटनको सेक्सन कमाण्डर हुनुभयो । होलेरी, घोराही, पन्चकुलेमा लडाइ लडिसकेका उहाँको नेतृत्वमा सल्यानको कपुरकोट स्थित आर्मी व्यारेक पनि कब्जा गर्ने योजना तयार भयो । बि कम्पनीको नेतृत्व उहाँले गर्नुभएको थियो । राति ११ वजे देखी बिहान ३ वजेसम्म दोहोरो भिडन्त भयो । तर ए कम्पनि सहभागि नहुदाँ हार बेहोर्नुपर्यो भने ७ जनाको मृत्युभयो । उहाँ सहित १९ जना घाइते भए ।

२०५७ साल मंसिर २४ गते भएको उक्त भिडन्तमा उहाँको देब्रे आँखामा गोली लाग्यो । जसका कारण १८ बर्षको कलिलो उमेरमा नै उहाँले एउटा आँखा गुमाउनुभयो । पछि २०६२।०६३ को सशस्त्र द्धन्द्धपछि नेपालमा बिस्तृत शान्ति सम्झौता भयो । राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र, लोकतन्त्र हुदैँ संविधान जारी भयो, देश संघियतामा गयो, तीन तहको निर्वाचन भयो र अहिले तीनै तहका सरकारमा जननिर्वाचित प्रतिनिधि रहेका छन् ।

तर गिरीको जीवनमा भने त्यति धेरै परिवर्तन हुन सकेको छैन् । उहाँ अहिले ३९ बर्षको हुनुभयो । उहाँले एउटा आँखा गुमाएको २१ बर्ष पुगेको छ । देश परिवर्तन गर्ने लगाएतका ठुला सपना बोकेर जनयुद्धमा लागेका उहाँले अहिले घरायसी काम गरेर जीवननिर्वाह गर्दै आउनुभएको छ । ‘जुन उद्धेश्य बोकेर जनयुद्धमा लागेको थिए त्यो उद्धेश्य प्राप्त हुन सकेन्, सायद कपुरकोटको लडाइमा मरिन्थ्यो होला, तर एउटा आँखा गुमाएर भएपनि बाँच्न सफल भएको छु’ उहाँ भन्नुहुन्छ ‘जो सिधा जनता थिए, उनीहरुको दैनिकी, जीवन अभै फेरिन सकेको छैन् ।’

‘१५ बर्षको उमेरमा नै जनयुद्धमा नलागेको भए अहिलेसम्म धेरै प्रगति गर्थे होला, आर्थिक रुपमा सक्षम बनिसक्थे होला, सम्झिदा मन दुख्छ’ उहाँले अघि भन्नुभयो ‘तर धेरै गल्ति गरेजस्तो पनि लाग्दैन्, आखिर त्यो बेला बर्ग संघर्षको अन्त्य गर्नुथियो, जनताको साशन स्थापित गर्नु मुख्य दायित्व थियो, तै पनि जनवादी व्यवस्था पुर्णरुपमा लागु हुन सकेको छैन् ।’

आजभोली श्रीमतीले व्यापार गर्दै आएको र त्यहीबाट जीवननिर्वाह गर्दै आएको उहाँको भनाइ छ । ‘जनयुद्धका घाइतेहरुको लागि जतिगर्नुपथ्र्यो त्यो सरकारले गर्न सकेन्, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था हुन सकेको छैन्, यदी कसैले आफ्नै व्यवसाय गरेर बस्छु भन्दा बिना धितो सहुलियतमा ऋण दिन समेत सकिरहेको छैन्’ उहाँले भन्नुहन्छ । उहाँका एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित