दलबल नेताकार्यकर्ता सहित नेकपा एमाले सल्यानका पुर्वअध्यक्ष डाँगी एकीकृत समाजवादीमा प्रवेश

सल्यान ११, फागुन ।

नेकपा एमाले सल्यानका पुर्वअध्यक्ष लोक बहादुर डाँगी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीले जिल्लाको सदरमुकाम खलंगामा आयोजना गरेको पार्टी भेला तथा प्रशिक्षण कार्यक्रममा दलबल नेताकार्यकर्ता सहित पुर्वअध्यक्ष डाँगी समाजवादीमा प्रवेश गर्नुभएको हो । उहाँलाई पार्टीका केन्द्रिय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पार्टीमा प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा डाँगी सहित जिल्ला कमिटीका सदस्यहरु खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगाएतका रहनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भए पनि त्यस भित्रका व्यक्तिसंग बिचार नमिलेर आफुले एमाले पार्टी छोडनु परेको बताउनुभयो । एमाले प्राइभेट कम्पनीको रुपमा रहेको उहाँको आरोप रहेको छ । अझै केही दिन पछि एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस