सल्यानमा बेवारिसे अवस्थामा फेला परेका एक बृद्धको उद्धार : अस्पतालमा उपचार हुदैँ

सल्यान २४, फागुन ।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरको शिवमन्दिर नजिकै बेवारिसे अवस्थामा फेला परेका ६८ वर्षीय जेष्ठ नागरिकलाइ इन्सेक र मानवअधिकार रक्षक सञ्जाल सल्यानको सहकार्यमा परामर्श संगै उपचारका लागी पहल गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ रोक्चा घर बताउने ६८ वर्षीय हिरालाल खत्रीले आफु घरेलु हिंसामा परेको र बिरामी भएको समयमा घरका सदस्यले उपचार समेत गर्न नमानेको भन्दै न्यायका लागी भौतारिएको बताएपछि इन्सेक र मानवअधिकार रक्षक सञ्जालले सल्यान जिल्ला अस्पतालमा रहेको एकद्घार संकट व्यवस्थापन केन्द्रमा उपचार तथा आवश्यक परामर्शका लागी सिफारिस गरेको छ ।

हामी घरमा चार दाजु भाइ छौं, पहिले देखी नै म बिरामी भइ रहने हुँनाले मैले बिहे गरेको छैन्, दाजुभाइहरुले मलाइ जालसाजी गरेर भएको सम्पत्ती सबै आफ्नो नाममा गरेछन्, सम्पत्तीको नाममा म संग केहीपनि छैन् उहाँले भन्नुभयो । उहाँले अहिले सम्म माइलो भाइ संग बस्दै आएको जानकारी दिंदै भन्नुभयो, पहिले म भारतमा गएर कमाएर ल्याउँथे र यता आएपछि माइला भाइसंग बस्थे, अहिले त कमाउन पनि जान सक्दिन, बिरामीले थला पर्न थाले, भाइहरुले उपचार गर्दिदैनन्, अब कहाँ जाउँ, कस्लाइ भनु मलाइ न्याय दिलाइ दिनु प¥यो ।

दिर्घ रोगी भएको जानकारी दिंदै उहाँले पटक पटक बेहोस समेत हुने गरेको बताएपछि उहाँको उपचार अहिले सल्यान अस्पतालमा भइ रहेको एकद्घार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तारा रिजालले जानकारी दिनुभयो । उहाँको एक्सरे लगायत अन्य जाँचहरु भएको छ ,उहाँले भन्नुभयो,  सम्पुर्ण उपचार निशुल्क रुपमा गरिने छ।

 

 

प्रतिक्रिया दिनुहोस