सल्यान २०, चैत ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ मा नेकपा एकीकृत समाजवादीको पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ । आइतवार साहुटोलमा सम्पन्न भेलाले पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यक्रममा पार्टीका जिल्ला सचिव रमेश कुमार गौतम, उपसचिव कल्पना सेजवाल, केन्द्रिय निर्वाचन आयोगका सदस्य इन्द्र कुमार शर्मा, पार्टीका शारदा नगर कमिटी इन्चार्ज यौवन प्रकाश श्रेष्ठ, नगर कमिटी उपाध्यक्ष रोम प्रकाश थापा, जिल्ला कमिटी सदस्य गणेश शर्मा लगाएतको सहभागिता रहेको थियो ।
यसैविच भेलाले अशोक बस्नेतको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा जानकी भण्डारी र विजय कुमार राई, सचिवमा गणेश पहाडी र उपसचिवमा दिनेश शर्मा रहनुभएको छ ।