सहभागिता अभिबृद्धि समन्वय बैठक सम्पन्न

सल्यान २२, चैत ।
सल्यानमा बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शकर्ताहरुलाई स्थानिय सरकारको सेवा तथा कार्यक्रमहरुमा सहभागिता अभिबृद्धि समन्वय बैठक सम्पन्न भएको छ । डेभ्लपमेन्ट सोशाईटी नेपाल सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत रहेर शारदा नगरपालिका भित्रका सरोकारवालाहरुको सहभागितामा मंगलवार खलंगामा बैठक सम्पन्न भएको हो ।

बैठकमा बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शकर्ताहरुबाट आमनागरिकले पाएका सहजता र सिकाइको बारेमा छलफल गरिएको थियो । साथै उनीहरुको सिप र ज्ञानलाई निरन्तरता दिनको लागि शारदा नगरपालिकाले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

आमनागरिकलाई बित्तिय साक्षरताको बारेमा जानकारी दिने, आम्दानीको स्रोत पत्ता लगाइ उचित स्थान प्रदान गरिने र बैदेशिक रोजगारीबाट प्राप्त भएको रुपैँया कसरी सही सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा समेत जानकारी प्रदान गर्ने उद्धेश्य रहेको सामी परियोजना अन्तर्गत विकास आयोजना सेवा केन्द्र (DEPROSC-Nepal) का बित्तिय साक्षरता क्षेत्रिय संयोजक निल प्रसाद गौतमले जानकारी दिनुभयो ।

बैठकमा शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल, सामी परियोजनाका जिल्ला संयोजक बिमल गौतम, सामी फोकल प्रसन केशव बुढाथोकी लगाएतको सहभागिता रहेको थियो । यस परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउपालिकामा सञ्चालन भैरहेको छ ।

बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस