सल्यान २५, चैत ।
नेकपा एकीकृत समाजवादी छत्रेश्वरी गाउँपालिका १ को दोस्रो पुर्ण बैठक दमाचौरमा सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष लेख बहादुर चन्दको अध्यक्षता एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद सदस्य टोप बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय लेखा आयोग सदस्य राज बहादुर बुढाथोकी, पार्टीका जिल्ला अध्यक्ष हरि केसी, अनेमासंघ समाजवादीका जिल्ला कमिटी अध्यक्ष बुद्धा केसी, पार्टीका छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष गोबिन्द केसी, तेजराज चन्द, हिरा चन्द, पालिका उपाध्यक्ष युबराज न्यौपाने, युबासंघ नेपालका पालिका सचिब दिपक मल्ल लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केसीले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कलम चिन्हमा मतदात गरेर विजयी बनाउन सबैमा आग्रह गर्नुभयो । सोही अवशरमा गिता चन्दको अध्यक्षतामा १३ सदस्यीय अनेमासंघ समाजवादी टोल कमिटी गठन गरिएको छ । कार्यक्रम सहजीकरण सुरेन्द्र चन्दले गर्नु भएको थियो ।