स्थानिय तह निर्वाचन २०७९ र मेरो अनुभव

बिचार

सल्यान १३, जेठ ।

स्थानिय तह निर्वाचन २०७९ को सरगर्मि वढेसगै कामका लागि देश वाहिर र भित्र रहेकाहरु आफ्नो घर फर्कने लर्को लागेसगै म पनि केहि दिनका लागि कामको चाजोपाजो मिलाएर घर हिडे । म लुम्विनी प्रदेशको बर्दिया जिल्लामा पुग्दा चुनावको लहर निकै लागिसकेको रहेछ । प्राय वौद्ध धर्मावालम्विका घरमा लगाइएका सात रंगका ध्वजा जस्तै हरेकका घरमा दलका झण्डा फहराई रहेको देख्न सकिन्थ्यो । यो परिदृश्यले गाउँमा आउने जो कोहिलाई त्यो घरका सदस्य कुन दलमा आस्था राख्दछन् सहजै आंकलन गर्न सकिन्थ्यो ।

000

गाउँका चोक, सार्वजनिक स्थलहरुमा विभिन्न राजनितिक दलका पोस्टरहरुले रंगीएका थिए । लाग्थ्यो कुनै चलचित्रको तिव्र प्रचारप्रसार भईरहेको छ । हिजोका दिन अत्यन्तै मिल्ने मित्रहरुको सम्वन्ध पनि चुनावी लहरले फुटको संघारमा पुगेको र सवैभन्दा ठुलो शत्रुताको दृष्टि भावले एक अर्कालाई हेरेको देख्दा भने निकै आश्चार्य वनायो । जहिले वोल्ने छिमेकि भाइ पनि नवोलि हिडेको देख्दा म भने आफुलाई निकै ठुलो काम विगारेकि के हो जस्तो भान भयो । जस्को एक मात्र कारण थियो स्थानिय तह २०७९ को चुनाव ।

000

यो २०७९ को स्थानिय तहको चुनाव सगै मताधिकार प्रयोग गर्ने मेरो तेस्रो अवसर हो । आफुलाई सधै स्वतन्त्र राख्नु पर्छ कुनै राजनितिक दलको पछि नलागी असल, क्षमतावान, दुरदर्शि काम गर्न सक्षम व्यक्ति राजनितीमा आउनु पर्छ र हामि पनि त्यस्तो व्यक्तिको पक्षमा उभिनु सकेमा मात्र देशमा सुशासन र समृद्धि संम्भव छ भनि वकालत गर्ने म । म नै मेरो परिवारको सदस्यले राख्ने आस्थाको आधारमा स्वयम मलाई पनि हेरिएको देख्दा निकै निरास भए । लोकतन्त्रमा विचार, दक्षता, योग्यताको प्रतिस्पर्धा वाटै व्यक्ति छनौट गर्ने हो जसको माध्यम निर्वाचन हुने गर्दछ । निर्वाचनवाट योग्य व्यक्ति छनौट गर्न सकेमा मात्र राज्यको मुहार फेर्न सकिन्छ । राजिनितिले नै राज्यको वर्तमान र भविष्यमा राज्य कस्तो वनाउने, योजना खाका कोर्ने र अध्यन गर्ने कार्य गर्दछ । राजनितिले नै राज्यको आधार तय गरेको हुन्छ ।

000

लोकतन्त्रमा एक दलको विकल्पमा अर्को राजनितिक दल हुनसक्छ र कुनै दल प्रति आस्था नराखि स्वतन्त्र वस्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष हो । राजनितिक दलले निर्वाचनका समयमा आफ्ना दलका घोषणापत्र, दस्तावेज र चुनाव चिन्ह लिएर आमनागरिकमा जाने र जनताको मन जितेर चुनाववाट निर्वाचित भएर राज्य संचालन गर्नु लोकतन्त्रको प्रकृया हुने गर्दछ । तर चुनावाको अघिल्लो दिन नगर प्रमुखका आकाक्षि मेरो परिवार संगको भेटमा देखाईको आसवासनले म निशव्द भए । त्यस्ता आश्वासनले मेरो परिवार र मेरा परिवार जस्ता सिमित परिवारलाई फाईदा त होला तर समग्र नगरको विकास र समृद्धिमा कस्तो प्रभाव पार्ला भोलि उनि नगर प्रमुख विजयी नै भय भने पनि सम्पुर्ण नगरवासिले कस्तो नगरको अपक्षा गर्न सकिन्छ होला ? लोकतन्त्रतमा विना रोकछेक आफनो प्रचारप्रसार गर्न पाउनु आपना विचार आम नागरिकमा पस्कन पाउनु, विचार, योग्यता र दुरगामि योजनाले जनताको मत आकर्षण गर्नु लोकतन्त्रमा छुट छ तर प्रलोभनमा पारि मत आकर्षण गर्न कसैलाई छुट हुदैन ।

000

अहिले त यो क्षेत्र यो दलको किल्ला, त्यो क्षेत्र फलानो दलको पकडमा रहेको छ भनि पुर्ण दावाका साथ वोलेकोे देख्दा निर्वाचनको कुनै औचित्य नरहेको र निर्वाचन वाटै निर्वाचित भएर आएका जनप्रतिनिधिले कस्तो काम गर्लान हामि जस्ता आम सचेत नागरिक सहज अनुमान गर्न सक्छौ । पारिवारिक पृष्ठभुमि संग जोडेर कुन दलमा आवद्ध छन भनि पुर्वाग्राहि ढंग वाट निर्वाचित भए पश्चात फरक मत विचार राख्नेलाई तह लगाउन र आफना स्वार्थहितका कार्यगर्न सहज हुने हुदा पनि राजनितिलाई आत्मासाथ गरि नागरिक लाई सगठमा आवद्ध गर्न प्ररित गर्ने गरेको पाइन्छ ।
जसको दृष्टान्त चुनावको अघिल्लो दिन मेरो वुवाले आफुले सर्मथन गरेको दल र उम्मेद्धारलाई नजिताए भोलिका दिन आफु अनुकुलका काम गर्न सहजता नहुने आफ्नो कुरा सुनुवाई नहुने हुन्छ तसर्थ सवै परिवारका सदस्यलाई परम्परागत रुपमा मत दिदै आएको दललाई भोट हाल्न दिएको ह्वीपलाई सम्झन चाहन्छु । त्यसरि निर्वाचन जितेर आएका जनप्रतिनिधिले स्वतन्त्ररुपमा काम गर्न सक्छन त ? हामि जनता पनि आफ्नो स्वार्थ भन्दा माथि उठन आवश्यक देखिन्छ ।

000

मेरा आफ्ना आफन्त, साथिभाई र इष्टमित्र सवै जसो विभिन्न राजनितिक दलको पछाडि म मेरो वडा तथा नगर मेरो दललाइ जिताउछु भन्दै नारा लगाउदै हिडेको देखियो युवा पुस्तामा पनि राजनिति प्रति वढ्दो चासोले उत्साहित त वनायो तर के आफुले सर्मथन गरेको दलले चुनेको उम्मेद्धार सहि छ ? उक्त व्यक्तिको चरित्र कस्तो छ ? उस्को क्षमता, योग्यता माथि विचारविर्मश गर्न जरुरि हुन्छ ।

000

नेपालको राजनिति दुई धारमा उदाएको पाइन्छ पहिलो धार प्रजातान्त्रिक जुन नेपालि काँगे्रस पार्टि हो जस्ले प्रजातन्त्रका मुल्य मान्यताका विषयमा वकालत गर्दै आएका छन र आर्को धार वामपन्थि धार जस्ले वर्ग विहिन समाज स्थापनाको वकालत गर्दैआइका छन जस्मा एमाले माओवादि लगाएका पार्टिहरु छन । विगत लामो समय नेपालको राजनिति यीनै ठुला राजनितिक दलको वरिपरि घुमिरहेको देखिन्छ र उहि पुराना म्याद सकिएका पुराना अनुहारले नै दलको नेतृत्व गरिरहेका छन जस्लेगर्दा राज्य संचालनमा देखियको असक्षमताले जनताको दल प्रति अविश्वास वितृष्णा वढाएको छ र राजिनितक विकल्पको आवश्यकत्ता खटकियको महशुस गर्न थालीएको छ । जनतालाई अव उहि पुराना एजेण्डा र घोषणा पत्रले मतदाता आकर्षण गर्न नसकिने तर जनतालाई डाईनामिक, स्पष्ट आफना भिजन, विचार र प्रतिवद्धता राख्न सक्ने निष्ठावान, इमान्दार र नैतिकवान व्यक्ति भएको जनताले विश्वास गर्न सक्ने खालका उम्मेद्धवार भएको खण्डमा पनि स्वतन्त्र उम्मेद्धारिमा चुनावमा वहुमत प्राप्त गर्न सकिने कुराको जवाफ अहिलेको निर्वाचनको मतपरिमाण ले दिईरहेको छ । दलले अव सच्चिनुपर्ने वेला आएको छ अव पनि आफु गौरवशालि इतिहास वोकेका ठुलापार्टि भन्ने अहंकार वोकि हाम्रा सामु अरु केहि पनि होईनन भन्ने दंभ राखेमा ठुलो मुल्य चुकाउनु पर्ने निश्चित छ ।

000

राजनितिक दलले आफना प्रतिवद्धता पुरा नगर्नु, राम्रोलाई भन्दा आफनो लाई काखिच्याप्नु, भ्रष्टचारि लाई प्रषय दिनु, जनाता प्रति जवाफदेहि नहुनु, विकास र समृद्धि दलका घोषणा मात्र सिमित हुनु, राज्यका प्रमुख ईकाइमा भागवण्डका आधारमा व्यक्ति छनोट गर्नुले पनि आमनागरिक लाई राजनितक दलप्रति वितृष्णा वढाएको छ । जस्ले गर्दा स्वतन्त्र उम्मेदवारको विजय र दलप्रतिको नैरेशता वढनाले दलिय व्यवस्थलाई एक प्रमुख चुनौति थपिएको छ ।

000

अन्त्यत, चुनावी मतपरिणाम धमाधम आउन थालिसकेको थियो । दलका कार्यकर्ता विजय जुलुसको तयारिमा लाग्दै थिय भने आम नागरिक आफनो जिविकोपार्जनका लागि आ — आफ्नो कामकाजीमा फर्कने तयारि गर्दै थिय यहि भिडमा म पनि अव आउने विजयि उम्मेद्धावार समग्र नगरको विकास र समृद्धितर्फको वाटोमा डो¥याउन सक्ने इमान्दार, नैतिकवान र कर्तव्यनिष्ठ व्यक्ति आउने छन र म जस्ता हजारौ यृवा जनशक्तिले आफ्नै ठाँउमा स्वरोजगार वन्न अवसरको सिर्जना गर्ने छन भन्ने यि यस्ता अनेकौ प्रश्न जिज्ञासाहरु सहितको ठुलो अपेक्षा सहित आफ्नो कर्म क्षेत्रको यात्रा तर्फ लागे ।

000

महेश हिताङ्ग लामो समयदेखी सामाजिक कार्यमा सक्रिय रहदैँ आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित