राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकूद प्रतियोगिता सल्यानको दमाचौरमा हुदैँ

सल्यान ७, असार ।
यस बर्षको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकूद प्रतियोगिता सल्यानको दमाचौरमा हुने भएको छ । यही असार १०, ११ र १२ गते जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ ।

प्रतियोगितामा जिल्ला दश वटै पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका कक्षा १२ सम्म अध्ययनरत १८ बर्षमुनिका खेलाडीहरु मात्रै सहभागि हुने जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो । जसअन्र्तगत छात्रछात्रा भलिवल, छात्रछात्रा कवड्डी, छात्रछात्रा कराँते र छात्रछात्रा एल्थेटिक्स अन्र्तगतका प्रतियोगिताहरु सञ्चालन हुने उहाँको भनाइ छ ।

उहाँले प्रतियोगिता सञ्चालनको लागि आवश्यक तयारी तिव्र पारिएको बताउनुभयो । राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा खेलक्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गरिने जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित