सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटो फिचर)

 

सल्यान ११, असार ।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानको दमाचौरमा शुरु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगिता आइतवार सम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका पाँच वटा पालिकाको सहभागिता रहेको छ ।

जसअन्र्तगत भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स अन्र्तगतका प्रतियोगिताहरु सञ्चालन भैरहेका छन् । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष विजय सिंह लगाएतले बोल्नुभएको थियो । जिल्ला खेलकूद विकास समिती सल्यानका सदस्य सचिव तुफान वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस