मिल्टन फ्रैडम्यानको पैसा खर्च गर्ने चार तरिका – सल्यान सन्दर्भ

मिल्टन फ्रैडम्यान (सन १९१२–२००६) एक प्रसिद्ध अर्थशास्त्री हुन । अमेरिकी राष्ट्रपति रोनल्ड रेगन र ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरका सल्लाहकार समेत रहेका उनले सन् १९७६ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पनि पाएका थिए । ’पैसा खर्च गर्ने ४ तरिका’ भन्ने उसको सिद्धान्त प्रसिद्ध छ । हाम्रो दैनन्दिनको जीवन र सामाजिक राजनितिक व्यवहार सङ्ग पनि यसको सामिप्यता रहेकोले यहाँ प्रस्तुत गर्न बान्छनिय लाग्यो ।

मिल्टन फ्रैडम्यान

✍ आफ्नो पैसा आफ्नै लागि :
हामी आफ्नो पैसा आफ्नै लागि खर्च गर्दा अत्यन्तै सचेत हुन्छौं । त्यो खर्चबाट अत्यधिक लाभ लिने प्रयास गर्छौं । आफ्नो आवस्यकताको सुची बनाइ सबैभन्दा अत्यावश्यक आवश्यकतालाई पहिलो प्रथामिकता दिन्छौं । खर्च गर्दा मितब्ययिता अपनाउछौँ ।

✍ आफ्नो पैसा अरु कसैको लागि :
च्यारिटी, दान, उपहार आदि जस्ता खर्च यसका उदाहरण हुन । यसमा सकेसम्म कम खर्च होस भन्ने चाहन्छौं । आफ्नो लागि खर्च गर्दा जति सचेत हुन्छौं यसमा त्यति सचेत हुँदैनौ । तर यस्तो खर्चको अनुपातमा लाभ बढी मिलोस भन्ने अपेक्षा गर्दछौं ।

✍ अरुको पैसा आफ्नो लागि :
नेताहरुको औषधोपचारको लागि बिदेश कुदिहाल्ने, राजनितिक पदाधिकारीहरुले आफ्नो तलब भत्ता, सेवा सुबिधा आफै तोक्ने, कसैको प्रायोजनमा गरिने खर्च बिहे भोजको मस्ती आदि खर्चलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । यसमा खर्चको मितब्ययिता तर्फ अत्यन्तै न्यून ध्यान दिइन्छ भने अधिक लाभ लिने प्रयास गरिन्छ ।

✍ अरुको पैसा अरु कसैको लागि :
यो अत्यन्तै घातक प्रवृत्तिको खर्च हो । उदाहरणको लागि सरकारले २०६८ सालमा ३ अर्ब १५ करोड ऋणमा ४ वटा चिनियाँ विमान खरिद गर्यो । तर जहाज चलाउदा उल्टै घाटा हुने भएपछी अहिले ति थन्किएर बसेका छन । बिबेकपुर्ण खर्च हुन नसक्दाको परिणाम हो यो । यो सरकारी निर्णयकर्ताको लागि यो ’अरुकै पैसा’ थियो र खर्च पनि अरु कसैकै लागि गरिएको थियो । यस किसिमका खर्चका उदाहरण हामी सरकारि संयन्त्रमा जहाँतहिँ भेट्छौ । यहाँ न त मितब्ययिताको ख्याल गरिन्छ न त जसका लागि खर्च गर्ने हो उसको आबस्यकता र लाभको ख्याल गरिन्छ ।
यहाँ पछिल्लो २ प्रकारको खर्च प्रती हामी विशेष चनाखो हुनु जरुरि छ ।

सल्यान सन्दर्भ – केही दृष्टान्त
सुकेखोलाको हाम्रो खेतको पुछारतर्फ शारदा नगरपालिकाको ’डम्पिङ्ग साइड’ छ । फोहोरको पहाड निर्माण हुँदै छ । छेउमै एउटा भवन छ । स्थानियलाई सोध्दा जैविक र अजैबिक फोहोर छुट्याएर त्यहि अनुसार प्रशोधन र ब्यबस्थापन गर्ने भन्ने मनसायले सो भवन निर्माण भएको भन्ने बुझियो । तर लाखौं खर्चेर बनाइएको त्यो भवनको हुलिया हेर्दा र स्थानियलाई सोध्दा अहिले सम्म कुनै पनि प्रयोग भएको जस्तो देखिएन । पोहोरको रुपमा प्लास्टिककै बाहुल्य देखियो । डम्पिङ्ग साइडकै छेउमा खोला छ जुन एक÷दुई किलोमिटरको दुरिमा श्रीनगर बजार हुँदै शारदा नदिमा मिसिन्छ । अब त्यो डम्पिङ्ग साइडबाट निस्कने ’लिचड’ मिसिएको पानी शारदा नदिमा मिसिदा नदिको प्राकृतिक जीवन कस्तो होला ?

अघिल्लो बर्ष बडो तामझामका साथ बागचौर नगरपालिकाको २ नम्बर वडामा भब्य भ्यु टावर उद्घाटन भयो । यसमा करोडौं खर्च भयो । केही दिन अगाडि सल्यानका पत्रकार आशिष केसिले छायाक्षेत्र स्वास्थ्य चौकीको एम्बुलेन्स ५ महिना देखि थन्किएर बसेको भन्ने सुचना बाहिर ल्याए । लाखौ लगानी भएको र जनस्वास्थ्य सङ्ग प्रत्यक्ष सरोकार राख्ने एम्बुलेन्स ५ महिना सम्म थन्किएर बस्नुले हाम्रो नेतृत्वको उदासिनता देखाउँछ ।

माथिका यी ३ वटै प्रसङ्ग ’अरु कसैको पैसा अरु कसैको लागी’ गरिने खर्चको उदाहरण हुन । यहाँ करदाताको पैसा करदाताकै लागि खर्च गरिएको छ तर यो काम खर्च गर्नको लागि अत्याबश्यक हो या होइन भन्ने पहिचान आबश्यकताको प्राथमिकता निर्धारण, खर्चमा मितब्ययिता, खर्च गरिसकेपछी त्यसको नियमित रेखदेख मा ध्यान दिइएको त कतै पाइदैन । अब सोचौं यदि आफ्नो पैसा आफ्नै लागि खर्च गर्ने भएको भए यस्तो हुन्थ्यो होला त ? अहँ बिल्कुल हुँदैनथ्यो ।

यसरी ’अरुको पैसा अरुकै लागी’ खर्च गर्दा फुर्मासी ढङ्गले उडाएका उदाहरण प्रशस्त भेटिन्छन ।

हामी (सल्यानी) बिकासका दुई सुचक मानव बिकास सूचकांक र बहुआयामिक गरिबी सूचकांकमा औषत भन्दा निक्कै पछाडी छौँ । यसको सामान्य अर्थ के हो भने हाम्रो औषत जिबनस्तर न्युनतम आबश्यकता पूरा गर्न पनि नसक्ने स्थितिमा छ ।

श्रोतको उपयोग मुलतः पुँजी निर्माणको लागि हो । भौतिक पुँजी र मानव पुँजी मध्ये हाम्रो ध्यान भौतिक पुँजी तर्फ मात्र छ । भौतिक पुँजी पनि कस्तो भन्नुहोला भने निष्क्रिय भौतिक पुँजी जस्तो कि मन्दिर निर्माण र पुल निर्माण दुबै झट्ट हेर्दा त भौतिक पुँजी नै हुन तर मन्दिर थप आर्थिक क्रियाकलापको आधार हुनै सक्दैन भने पुल चैँ आर्थिक चक्रको बलियो आधार हो । शिक्षा, स्वास्थ्य, रोजगारी, पोषण, खानेपानी जस्ता कुरामा गरिने लगानीले चैँ मानव पुँजी निर्माण गर्छ । तर हाम्रो प्राथमिकता …..?

राज्य, सरकार र नेतृत्व हाम्रो अबिभावक हो भने उसले श्रोतको बिबेकपुर्ण प्रयोगको लागि बडो संवेदनसिल भएर सोच्नै पर्छ । अनि जनता पनि चनाखो भएर ¥याख¥याख्ती पार्नैपर्छ ।

ooo

[ सल्यानको शारदा नगरपालिकामा घर भएका लेखक आचार्यले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । ]

 

प्रतिक्रिया दिनुहोस