आहा ! सल्यानका सुन्तला [ फोटो फिचर ]

सल्यानमा सुन्तलाको सिजन शुरु

सल्यान, २१ मंसिर ।

सल्यानमा सुन्तलाको सिजन शुरु भएको छ । जिल्लाका बिभिन्न स्थानमा खेती गरिएको सुन्तला पाक्नथालेसँगै सुन्तलाको सिजन शुरु भएको हो । जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, कजेरी, सेजवालटाकुरा लगाएतका क्षेत्रमा सुन्तला पाकेपछि सुन्तलाको खरिद बिक्री पनि शुरु भएको छ । जिल्लाको कोटमौला बाहेक अन्य स्थानका सुन्तला पाकेर बजार निर्यात गर्न थालिएको छ ।

अहिले किसानहरु सुन्तला टिप्ने र बिक्री गर्ने चटारोमा ब्यस्त हुन थालेका छन् । सल्यानका सुन्तला दाङ, नेपालगन्ज, काठमाडौं, बुटवल सम्म समेत निर्यात हुने गरेको छ । सुन्तला बिक्री गरेर नै कृषकहरुले लाखौँ आम्दानी गर्दैै आएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस