शारदा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

खेलमा प्रतिस्पर्धा आवश्यक भएपनि प्रतिशोधको भावना लिन नहुनेमा जोड

सल्यान, ९ फागुन ।
सल्यानको शारदा नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १० सामुदायिक र ५ निजी विद्यालयका छात्रछात्राबीच प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथ्लेटिक्स, भलिबल, कपर्डीलगायतका खेलहरु समावेश छन् । त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ्गको खेल मैदानमा सञ्चालित प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सञ्चालित नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले खेलमा प्रतिस्पर्धा आवश्यक रहेको भएपनि प्रतिशोधको भावना लिन नहुने बताउनुभएको छ ।

यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति केश बहादुर बिष्टले खेलमा हारजित स्वभाविक भएकाले उच्च मनोवलका साथ प्रस्तुत हुन सबै खेलाडीमा आग्रह गर्नुभयो । यस्तै नेपाली काँग्रेसका जिल्ला उपसभापति सन्तोष केसीले खेलको शुरूवात कलिलो उमेरबाटै हुने भएकाले यसलाई जिवन्त राख्न निरन्तरता र लगनशीलता आवश्यक रहेकोे बताउनुभएको छ ।

यस्तै राप्रपाका जिल्ला उपाध्यक्ष सन्तोष कुमार राईले खेल क्षेत्रलाई स्वास्थ्यसंग मात्रै नभएर राष्ट्रको चिनारीका रुपमा पनि लिनुपर्ने बताउनुभएको छ । यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला सचिब रमेश गौतमले खेलकुदलाई प्रतियोगिताको बेलामा मात्रै नभएर खेलकुदकै माध्यमबाट विद्यार्थीलाई अघि बढाउन खेल शिक्षक राखेर बाह्रै महिना खेल गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै शारदा नगरपालिका–१४ का वडाअध्यक्ष प्रकाश पुनले खेलाडीको मुख्य गहना अनुशासन भएकाले अनुशासनमा नै रहेर सभ्य रुपमा खेल खेल्न सबै विद्यार्थीमा सुझाव दिनुभएको छ । यस्तै भुमि आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजवालले खेल स्वास्थ्यसंग मात्रै नभएर ब्यक्ति र राष्ट्रको पहिचानसंग जोडिएको बताउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले खेल क्षेत्रको बिकासका लागी पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । यस्तै शिवजन माद्यामिक विद्यालय शितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले हरेक विद्यालयमा खेल शिक्षकको ब्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।

शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सुस्मिता सापकोटा सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस