एकै दिन साढेँ पाँच हजार पशुपन्छीको उपचार

सल्यान, १० फागुन ।
सल्यानको त्रिवेणी गाउँपालिकामा एकै दिन साढे पाँच हजार बढी पशुपन्छीलाई औषधि वितरण गरिएको छ । मंगलबार गाउँपालिकाले वडा नम्बर ५ स्थित सिम्कमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा पाँच हजार ७ सय ८ पशुपन्छीलाई औषधि वितरण संगै ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशुपन्छी विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभएको छ ।

पशुपन्छी सेवालाई किसानको घरदैलोमा पुर्याउने उद्देश्य अनुरुप शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार एकै दिन दुई हजार ६ सय ४३ बाख्रा, दुई हजार ८ सय ८९ कुखुरा, १ सय ३७ गाई गोरु र ३९ भैँसीलाई निःशुल्क औषधि विरण गरिएको छ भने ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो । यसबाट २ सय १२ जना किसान लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष विमल रावतको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो । शिविर उद्घाटन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले पशुपन्छी विकास शाखाको सेवाबाट टाढा रहेका वस्तीहरुमा गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित