सल्यान १० फागुन ।
मानव अधिकार रक्षक सञ्जाल सल्यानको बैठक सम्पन्न भएको छ । बुधबार सञ्जालका जिल्ला संयोजक बुद्धिमान पुनको अध्यक्षतामा खलंगामा बैठक सम्पन्न भएको हो । बैठकमा एउटै ल फर्मले वादी प्रतिवादीको मुद्धा हेर्ने प्रवृद्धिको सम्बन्धमा, वैतनिक वकिलको सेवालाई प्रभावकारी वनाउने, फैसलाले दिलाएको क्षतिपुर्ती पिडितसम्म पुर्याउने सम्बन्धमा छलफल भएको थियो ।
यसमा जिल्लामा रहेका एउटै ल फर्महरुले वादी प्रतिवादीको मुद्धा हेर्ने चलन नरहेको पाइएको छ । यदी त्यसो गरेको थाहा पाएमा उसको लाइसेन्स खारेजीसम्मको कारवाही हुने भएकाले एउटै ल फर्महरुले वादी प्रतिवादीको मुद्धा नहेर्ने गरेको पाइएको हो । यस्तै वैतनिक वकिलको सेवालाई थप व्यवस्थित गर्न पिडितको लिखित उजुरीका आधारमा निशुल्क मुद्धा लेखिदिने कार्यको थालनी गर्नका लागि सहजीकरण गर्ने निर्णय भएको संयोजक पुनले बताउनुभयो ।
यस्तै फैसलाले दिलाएको क्षतिपुर्ती पिडितसम्म पुर्याउनको लागि अहिले अदालतमा नै आउनुपर्ने अवस्था रहेकोमा अवका दिनमा पिडितको घरमै गएर उपलब्ध गराउने सम्बन्धमा छलफल गर्ने निर्णय पनि भएको छ ।