सल्यान, ११ फागुन ।
सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले संघियता काठमाण्डौँलाइ नभइ कर्णालीलाई चाहिएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले उहाँले भन्नुभयो संघियता काठमाण्डौँलाई चाहिएको छैन्, संघियता मधेशलाई चाहिएको छ, संघियता कर्णालीलाई चाहिएको छ, संघियता सुदुरपश्चिमलाई चाहिएको छ, कर्णालीमा चार वटा पनि ठुला योजना छैनन्, ३०/३५ अर्व कणालीमा त्यसको ५० प्रतिशत मात्रै भएपनि विकासमा खर्च हुन्छ, त्यसको लागि संघियता चाहिएइको हो ।
उहाँले विकासमा पछि परेको कर्णालीका लागि संघियता चाहिएको बताउनुभयो । जनताको त्याग र वलिदानबाट संघियता प्राप्त भएकाले संघियताको विरुद्धमा बोल्ने अधिकार कसैलाइ नभएको उहाँको भनाइ छ ।