पेशागत महासंघको अध्यक्षमा शर्मा र एकीकृत कर्मचारी संगठनको अध्यक्षमा वली

सल्यान, १४ फागुन ।
पेशागत महासंघ नेपाल सल्यानको अध्यक्षमा सुर्यनारायण शर्मा र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सल्यानको अध्यक्षमा महेश कुमार वली निर्वाचित हुनुभएको छ । शनिवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भेलाले पेशागत महासंघ नेपाल सल्यानको अध्यक्षमा शर्मा र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सल्यानको अध्यक्षमा वलीलाई सर्वसम्मत निर्वाचित गरेको ।

पेशागत महासंघ नेपाल सल्यानको उपाध्यक्षमा दुर्गा पौडेल र मोहन वली, सचिवमा गुमानसिंह नेपाली, सहसचिवमा टिकाराम विक र कमला केसी तथा कोषाध्यक्षमा शिब डाँगी निर्वाचित हुनभएको छ । यस्तै एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सल्यानको उपाध्यक्षमा गौरी योगी, सचिवमा प्रकाश बुढा, सहसचिवमा नविना केसी र कोषाध्यक्षमा बिक्की बुढाथोकी निर्वाचित हुनुभएको छ ।

पेशागत महासंघ नेपाल सल्यान र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सल्यानको संयुक्त जिल्ला अधिबेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरी केसीले विभिन्न पेशामा आवद्ध सबैको हक, हित र संरक्षणका लागी कर्मचारी संगठन र पेशागत महासंघ आवश्यक रहेको बताउनुभएको छ । ब्यक्तिगत हित र संस्थागत बिकासका लागी संगठनमा आवद्ध हुनैपर्ने उहाँको भनाइ छ ।

यस्तै नेकपा एकीकृत समाजवादी सल्यानका सचिब रमेशकुमार गौतमले कर्मचारी हुदा होस या अन्य कुनै जिम्मेवारीमा रहदा आइपर्ने समस्याको सामुहिक रुपमा आवाज बुलन्द गर्नको लागि संगठन बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । यस्तै पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य तथा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सबैलाई समेट्ने गरेर संगठनलाई बलियो बनाउनको लागि अघि बढ्न सबैमा अनुरोध गर्नुभएको छ ।

यस्तै एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय सदस्य नन्दाराम गिरीले निजि स्वार्थसंग जोडिएर कर्मचारीलाई दुःख दिन नहुने बताउनुभएको छ । पेशागत महासंघ सल्यानका अध्यक्ष सुर्य नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य मनबिर बस्नेतले पार्टीले नभएर स्वतस्फूर्त रुपमा संगठन अघि बढाउनुपर्ने बताउनुभएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका जिल्ला अध्यक्ष महेश कुमार वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पेशागत महासंघ सल्यानका सचिव तप्त बहादुर सेजवालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस