मोटरसाइकल चोरको बिगबिगी : ‘न मोटरसाइकल भेटिन्छन्, न त चोर’

‘घरको पार्किङमा राखेका तीन वटा मोटरसाइकल मध्ये ह्यान्डल लक गरेर राखेको मेरो मोटरसाइकल हरायो’ उहाँले भन्नुभयो ‘अब कसलाई दोष दिने ?’

सल्यान, १५ फागुन ।
– गत असोज १४ गते कुमाख गाउँपालिका–७ जिमालीका दिपेन्द्र शाहीको रा ५ प २२२ नम्बरको मोटरसाइकल हरायो । शारदा नगरपालिका १ श्रीनगरमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल राती साढेँ ९ वजे तिर हराएको थियो । बिभिन्न क्षेत्रमा खोजविन गर्दापनि अझै मोटरसाइकल भेटिएको छैन् ।

–  मंसिर १९ गते बागचौर नगरपालिका–८ का प्रकाश परियारको रा ४ प ९१८ नम्बरको मोटरसाइकल हरायो । श्रीनगरमा आफ्नै पसल अगाडी पार्किङ गरेर राखेको मोटरसाइकल राती २ वजे हराएको थियो । तर मोटरसाइकल हराएको झण्डै तीन महिना हुदाँ पनि अझै भेटिएको छैन् ।

–  फागुन ३ गते शारदा नगरपालिका–१ श्रीनगरका गोविन्द बस्यालको रा ३ प ९७५० नम्बरको मोटरसाइकल हरायो । श्रीनगरमै पार्किङ गरेर राखेको मोटरसाइकल राती साढेँ ८ वजेतीर हराएको थियो । यो मोटरसाइकलको अवस्था पनि अझै अज्ञात छ ।

सल्यानमा बढ्दो मोटरसाइकल चोरीका उदाहरण हुन् यी घटना । यी मात्र होइन, सल्यानमा अचेल हप्तै पिच्छेजस्तो मोटरसाइकल चोरी भइरहेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर तथा खलंगा, थारमारे लगाएतका स्थानबाट मोटरसाइकल हराउने क्रम बढेपछि सर्वसाधारण चिन्तित छन् ।

पछिल्लो समय बजारक्षेत्र भित्र पार्किङस्थल, घर, सार्वजनिक स्थललगायतका स्थानबाटै मोटरसाइकल चोरी हुन थालेको छ । घरबाटै मोटरसाइकल चोरी भएका शाहीले विच वजारबाटै मोटरसाइकल हराउनुले सुरक्षा कमजोर भएको अनुमान गर्न सकिने बताउनुभयो । ‘घरको पार्किङमा राखेका तीन वटा मोटरसाइकल मध्ये ह्यान्डल लक गरेर राखेको मेरो मोटरसाइकल हरायो’ उहाँले भन्नुभयो ‘अब कसलाई दोष दिने ? कमजोर शान्ति सुरक्षाकै कारण चोरको मनोबल बढेको देखिन्छ ।’

हराएको मोटरसाइकलको खोजविन भैरहेको प्रहरीले बताएपनि प्रभावकारी अनुसन्धान नभएको उहाँको भनाइ छ । ‘सिसिटिभि फुटेजमा नै मोटरसाइकल चोरले लिएको देखिन्छ, त्यो बेलामा नै मैले प्रहरीलाई मोटरसाइकल हराएकाले खोजी गरिदिन निवेदन दिएको थिए, तर अहिलेसम्म अत्तोपत्तो छैन्’ उहाँले भन्नुभयो ‘अहिलेपनि मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन्, अनुसन्धान प्रभावकारी भएन् कि भन्ने लागेको छ ।’

अर्का मोटरसाइकल धनि परियारले चौविसैँ घण्टा चेकजाँचको व्यवस्था नहुदाँ मोटरसाइकल चोरलाई सजिलो भएको बताउनुभएको छ । ‘जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमा सुरक्षित छैन, वजारमा सिसिटिभी क्यामेरा छन्, काम गर्दैनन्, जसले चोरलाई सजिलो भएको छ’ उहाँले भन्नुभयो । रातमा पनि चेकजाँच र जिल्लाका प्रमुख बजार तथा मुख्य चोकहरुमा पर्याप्त सिसिटिभी क्यामेरा भए चोरी कम हुने उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यस बर्षको हालसम्म जिल्लामा ११ वटा मोटरसाइकल हराएका छन् । यो प्रहरीसँगको तथ्यांक हो । तर केही अपडेट गर्नुपर्ने भएकाले १३ वटा मोटरसाइकल हराएको प्रहरीको भनाइ छ । पछिल्लो समय जिल्लामा दुईपांग्रे सवारीसाधन हराउने क्रम बढेको देखिन्छ ।

प्रहरीका अनुसार यसैबर्ष हराएका मोटरसाइकल मध्ये ३ वटा मोटरसाइकल मात्रै फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी, प्रहरी निरिक्षक सन्तोष खनालले चोरी भएका दुईपाँग्रे सवारीसाधनको खोजी कार्य भैरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘हामीले अनुसन्धान गरिरहेका छौँ, वजारमा पर्याप्त मात्रामा सिसिटिभी क्यामेरा भए सजिलो हुन्थ्यो, चोरीमा सहयोग गर्ने एकजनालाई पक्राउ गरेका छौँ, अरुको अनुसन्धान जारी छ ।’

दाङ सहित तराइका जिल्लाबाट चोरी भएका मोटरसाइकल सल्यानमा ल्याउने गरेको भएपनि यहाँबाट चोरी भएका अधिकांश मोटरसाइकल जिल्ला बाहिर जाने गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । मोटरसाइकल विशेषगरी छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजारकोट हुदैँ डोल्पासम्म पुग्ने गरेका छन् । प्रहरीले जिल्लाबाट सबैभन्दा धेरै दुई सय २० सिसी र एक सय ५० सिसीका पल्सर मोटरसाइकल हराएको जनाएको छ ।

हराएर भेटिएका कतिपय मोटरसाइकल भने त्यसका धनी लिन आउने गरेका छैनन् । अहिले वेवारिसे अवस्थामा भेटिएका लु ७८ प ८८३१, रा ४ प ५०९६ र रा ६ प ५३८८ नम्बरका मोटरसाइकल प्रहरी कार्यालयमा छन् । तर सवारीधनी पत्ता लागेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित