सल्यान, १८ फागुन ।
नेकपा एकीकृत समाजवादी सल्यानले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीलाई सशक्त, बलियो र जनताको माझमा लैजानको लागि दुई महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो । यही फागुन २७ गतेदेखी जिल्लाका दश वटै पालिकामा एकैसाथ अभियान सञ्चालन हुने छ ।
अभियान अन्र्तगत दशवटै पालिकामा बैठक, भेला, प्रशिक्षण कार्यक्रम, कमिटीहरू गठन, अध्यावधिक गर्ने, सदस्यता नविकरण गर्ने लगाएतका कार्यक्रम सञ्चालन गरिने नेकपा एकीकृत समाजवादी सल्यानका अध्यक्ष हरि केसीले जानकारी दिनुभएको छ । बुधवार पार्टी कार्यालय खलंगामा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टीलाई जनताको माझमा स्थापित गर्नको लागि यो अभियान थालिने बताउनुभयो ।
संगठन सुदृढीकरण अभियानका लागि केन्द्र देखी पालिकासम्मका नेताहरु परिचालन हुने छन् । अन्तरपालिकाहरुमा सहजकर्ता र सहसहजकर्ता समेत तोकिएको र सोहीअनुसार गतिविधि सञ्चालन गरिने पार्टी सचिव रमेश गौतमले जानकारी दिनुभयो ।