नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सल्यानको अध्यक्षमा केसी

सल्यान, २८ फागुन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सल्यानको अध्यक्षमा डम्बर केसी निर्वाचित हुनुभएको छ । हालैसम्पन्न निर्वाचनले नारायणी बुक्स एड् स्टेसनरी श्रीनगरका सञ्चालक केसीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र कुमार केसी, उपाध्यक्षमा कुलबहादुर रावत, सचिवमा यज्ञ बिक्रम शाह, सहसचिवमा बालकृष्ण रोकाय र कोषाध्यक्षमा बिरेन्द्र कुमार वली रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस