‘जातिय विभेद अन्त्य गर्न सबैको भूमिका अहम्’

सल्यान, ८ चैत ।
जातिय विभेद अन्त्य गर्नको लागि सरोकारवाला नै अग्रसर बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । दलित बिकास समाज सल्यानको आयोजना तथा दलित सेवा संघ सल्यान र सामाजिक बिकास कार्यालय सल्यानको सहकार्यमा ५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसका अवसरमा सल्यानको खलंगामा आयोजित कार्यक्रमको सहभागिहरुले यस्तो बताएका हुन् । संविधान र ऐनले जातीय विभेद र छुवाछुतलाई सामाजिक अपराधका रुपमा परिभाषित गरेपनि अझै जातिय विभेदले समाजमा जरो गाडेर बसेकाले यसको अन्त्यका लागि सरोकारवाला नै अग्रसर बन्नु पर्ने उनीहरुले बताएका हुन् ।

अशिक्षा, चेतनाको कमी र सोच परिवर्तन गर्न नसकेका कारण अझै पनि जातिय छुवाछुत कम हुन नसकेको उनीहरुको भनाइ छ । शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले समाजमा जातिय विभेद मात्र नभएर सबैखाले विभेद अत्य गर्नका लागि सबै पक्ष एक ढिक्का भएर अघि बढनुपर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कानुनी रुपमा कसैलाई पनि जातजाती धर्म सम्प्रदायीको आधारमा विभेद गर्नु दण्डनिय भएको बताउनु भयो ।

दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता विष्णु प्रसाद गौली, राष्ट्रिय दलित मुक्ती जागरण अभियानका कर्णाली प्रदेश संयोजक प्रेमनारायण बिक, दलित अधिकारकर्मी कर्ण बहादुर सुनार, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, अधिकारकर्मी मिना बुढाथोकी लगायतले बोल्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित