बजार अनुगमन

सल्यान, ९ चैत ।
सल्यानमा बजार अनुगमन गरिएको छ । बुधबार जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर बजार क्षेत्रका खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको नेतृत्वमा वजार अनुगमण गरिएको हो । अनुगमनको क्रममा म्याद गएका, लेवल नराखिएका, दैनिक उपभोग्य सामानहरुमा मुल्य टाँस नगरिएको पाइएको छ ।

यस्तै अनुगमनका क्रममा मुल्यसुचि टाँस गर्न, केहि व्यवसाय दर्ता नगरि सञ्चालन गरेको पाइएकाले सम्बन्धित निकायमा गई दर्ता गर्न र उपभोक्ताको हितमा प्रतिवद्ध रहन सुझाव दिइएको थियो । सो क्रममा ३ वटा पसलबाट २९ हजार ८ सय ५५ रुपैया बराबरको सामान बरामत गरिएको छ ।

वजार अनुगमणमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलय सल्यानका नायब सुब्बा कपिलदेव भण्डारी, टेक बहादुर बुढा, जिल्ला प्रशासन कार्यालय सल्यानका दल बहादुर गिरी, अधिकारकर्मी मिना बुढाथोकी लगाएतको टोलीले बजार अनुगमन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस