अन्तर समुह सुदृढीकरण तथा वित्तिय साक्षरता तालिम सञ्चालन

सल्यान, १२ चैत ।
सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर समुह सुदृढीकरण तथा वित्तिय साक्षरता तालिम सञ्चालन गरेको छ । आफ्नो कार्यक्षेत्र भएका पालिकाका सबै समुहमा पुगेर एक महिनासम्म अन्तर समुह सुदृढीकरण तथा वित्तिय साक्षरता तालिम सञ्चालन शुरु गरेको हो ।

तालिममा समूह तथा अन्तर समूहको भूमिका, काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराईको छ । यस्तै सहकारीको उत्पत्ति, सहकारीको महत्व, ग्रामीण समुदायमा सहकारीको भूमिका, सहकारी ऐन २०७४, र वित्तीय साक्षरताको महत्वका बारेमा जानकारी दिन थालिएको संस्था प्रबन्धक जीत प्रसाद आचार्यले जानकारी दिनुभयो । यो तालिम सबै शेयर सदस्यहरूलाई दिईने छ । आइतवार भएको तालिममा ५५ जना सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस