सल्यान, १५ चैत ।
सल्यानका एक हजार ७ सय ३६ परिवार भाडाकै घरमा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार जिल्लाका दश वटै पालिकामा गरेर कुल परिवारको ३ दशमलव २ प्रतिशत अर्थात एक हजार ७ सय ३६ घरपरिवार भाडाको घरमा बस्ने गरेको पाइएको हो । जिल्लाभर ५४ हजार ७ सय एक घरपरिवार रहेका छन् ।
ती मध्ये ५२ हजार ६ सय ७५ अर्थात ९६ दशमलव ३ प्रतिशत घरपरिवार आफ्नै घरमा रहेको पाइएको हो । यस्तै एक सय २२ परिवार अर्थात शून्य दशमलव २ प्रतिशत परिवार संस्थागत रुपमा बस्दै आएका छन् । यस्तै अन्यमा एक सय ३९ परिवार अर्थात शून्य दशमलव ३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
तीन नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा सबैभन्दा धेरै भाडामा बस्ने घरपरिवार शारदा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम कुमाख गाउँपालिकामा घरभाडामा बस्ने गरेको पाइएको छ । जसअनुसार शारदा नगरपालिकामा ८ हजार ८ सय ८९ घरपरिवार मध्ये ८ हजार ६९ परिवार आफ्नै घरमा बस्ने गरेको छन् भने ७ सय ४७ परिवार भाडामा बस्ने गरेको पाइएको छ । यस्तै संस्थागतमा ६१ परिवार र अन्यमा २१ परिवार बस्दै आएका छन् ।
यस्तै बनगाड कुपिन्डे नगरपालिकामा ७ हजार ४ सय २८ परिवार संख्या रहेकोमा ७ हजार एक सय ६६ परिवार आफ्नै घरमा र २ सय ३६ परिवार भाडाको घरमा बस्ने गरेको पाईएको छ । संस्थागतमा ८ परिवार र अन्यमा १८ परिवार बस्दै आएको तथ्यांकमा उल्लेख छ । यता बागचौर नगरपालिकामा ७ हजार ४ सय ९८ परिवार रहेकोमा ७ हजार २ सय ६८ परिवार आफ्नै घरमा र २ सय १० परिवार भाडाको घरमा बस्ने गरेको पाईएको हो । संस्थागतमा १२ परिवार र अन्यमा ८ परिवार बस्दै आएका छन् ।
यस्तै त्रिवेणी गाउँपालिकामा ४ हजार एक सय १० परिवार रहेकोमा ३ हजार ९ सय ४३ परिवार आफ्नै घरमा र एक सय ३४ परिवार भाडामा बस्दै आएका छन् । संस्थागतमा ११ परिवार र अन्यमा २२ परिवार बस्दै आएको उल्लेख छ । यता कपुरकोट गाउँपालिकामा ३ हजार ९ सय ७४ परिवार रहेकोमा ३ हजार ८ सय ४३ परिवार आफ्नै घरमा र एक सय ९ परिवार भाडाको घरमा बस्दै आएका छन् । संस्थागतमा ६ परिवार र अन्यमा १६ परिवार बस्दै आएका छन् ।
उता दार्मा गाउँपालिकामा ४ हजार २ सय ६४ परिवार रहेकोमा ४ हजार एक सय ८८ परिवार आफ्नै घरमा र ७१ परिवार भाडाको घरमा बस्दै आएका छन् । संस्थागतमा दुई परिवार र अन्यमा तीन परिवार बस्दै आएका छन् । यता कालिमाटी गाउँपालिकामा ४ हजार ९ सय ७२ घरपरिवार रहेकोमा ४ हजार ८ सय ९४ परिवार आफ्नै घरमा र ६३ परिवार भाडाको घरमा बस्दै आएका छन् । संस्थागतमा ५ परिवार र अन्यमा १० परिवार बस्दै आएका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा ५ हजार एक सय ३९ परिवार संख्या रहेकोमा ५ हजार २५ परिवार आफ्नै घरमा र ८९ परिवार भाडाको घरमा बस्दै आएका छन् । संस्थागतमा ८ परिवार र अन्यमा १७ परिवार बस्दै आएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजामा उल्लेख छ । यस्तै सिद्धकुमाख गाउँपालिकामा दुई हजार ८ सय ९८ परिवार संख्या रहेकोमा दुई हजार ८ सय ५४ परिवार आफ्नै घरमा र ३३ परिवार भाडाको घरमा बस्दै आएका छन् । संस्थागतमा ४ परिवार र अन्यमा ७ परिवार बस्दै आएका छन् ।
यस्तै जिल्लाको कुमाख गाउँपालिकामा ५ हजार ४ सय ९१ कुल परिवार संख्या रहेकोमा ५ हजार ४ सय २५ परिवार आफ्नै घरमा र ४४ परिवार भाडाको घरमा बस्दै आएका छन् । जसमा संस्थागतमा ५ परिवार र अन्यमा १७ परिवार बस्दै आएको तथ्यांकमा उल्लेख छ । सल्यानको कुल जनसंख्या दुई लाख ३८ हजार पाँच सय १५ रहेको छ । यस्तै बार्षिक जनसंख्या बृद्धिदर माइनस शून्य दशमलव १६ प्रतिशत रहेको छ ।