सल्यान, १६ चैत ।
सल्यानमा आउँदो चैत १७ देखि शुक्रवार देखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पुरा भएको छ । केन्द्राध्यक्ष नियुक्त भई आवश्यक तालिम समेत दिइसकेको छ भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित परिक्षा केन्द्रमा पुगि सकेको छ । शिक्षा विकास तथा समन्वय इकाई सल्यानले यस बर्ष जिल्लामा हुन लागेको एसईईको सबै तयारी पुरा भएको जनाएको हो ।
जसअनुसार परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकी सकिएको छ । यसबर्ष एसईईमा जिल्लाभरबाट ४ हजार ९८३ बिद्यार्थी सहभागि हुदैँ छन् । जसमा छात्रा २ हजार ५९६ र छात्र २ हजार ३८७ जना परिक्षामा सहभागिता हुदैँ छन् । इकाईका अनुसार साधारण धारतर्फ २ हजार ४२६ छात्रा र २ हजार १८१ छात्र गरेर ४ हजार ६ सय ७ जना बिद्यार्थीले परिक्षा दिदैँछन् ।
यस्तै प्राविधिक धारतर्फ छात्रा १३३ र छात्र १७४ गरेर ३ सय ७ जना परिक्षामा सहभागि हुदैँ छन् । यस्तै ग्रेडबृद्धि तर्फ ३७ जना छात्रा र ३२ जना छात्र गरेर ६९ जना बिद्यार्थी परिक्षामा सहभागि हुन लागेका हुन् । यस्तै यसबर्ष सबैभन्दा धेरै शारदा माद्यामिक बिद्यालय शंखमुल परिक्षाकेन्द्रबाट २९४ जना बिद्यार्थीले परिक्षा दिदैँछन् ।
यस्तै सबैभन्दा कम निराजन माद्यामिक बिद्यालय ढोरचौर र जनज्योती माद्यामिक बिद्यालय फारुलाचौरबाट गरेर ११५÷११५ जना बिद्यार्थीले परिक्षा दिदैँ छन् । जिल्लामा यसबर्ष २५ वटा परिक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्राविधिक सहायक तथा सुचना अधिकारी कपिल कुमार जोशीले जानकारी दिनुभयो ।
गत बर्षसम्म जिल्लामा २३ वटा मात्रै परिक्षा केन्द्र रहेका थिए । तर यसबर्ष राष्ट्रिय माद्यामिक बिद्यालय दार्माकोट र नारायण माद्यामिक बिद्यालय रुमालगाउँमा परिक्षा केन्द्र तोकिएको उहाँको भनाइ छ । यस्तै एक परिक्षा केन्द्रको स्थान परिवर्तन गरिएको छ । ब्राइटपर्ल एकेडेमी शितलपाटीमा रहेको परिक्षा केन्द्रलाई शिव माद्यामिक बिद्यालय मुलडाँडामा सारिएको छ ।
यसबर्ष साधारण धार, प्राविधिक धार र ग्रेडबृद्धिका सबै बिद्यार्थीलाई अध्ययन गरेकै बिद्यालयका आधारमा एउटै परिक्षाकेन्द्रबाट परिक्षा दिने व्यवस्था मिलाइएको छ । उहाँले जिल्लामा हुने परिक्षालाई अनुशासित, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्नको लागि सबै निकायसँग समन्वय र साझेदारी गरिरहेको बताउनुभएको छ । परीक्षालाई सुरक्षित, निष्पक्ष र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने छ ।
यस्तै जिल्लास्तरबाट पनि परिक्षाकेन्द्रमा भिडभाड नहुने गरेर सुक्ष्म ढंगले अनुगमण तथा निरिक्षण गरिने छ । ढुक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय इकाई सल्यानले आग्रह गरेको छ ।