सल्यान, १८ चैत ।
सल्यानको शारदा नगरपालिकाले महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि अभिमुखिकरण अभियान सञ्चालन गरेको छ । लक्षित महिला समुह कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका बिभिन्न वडामा महिला हिंसा न्युनिकरण सम्बन्धि अभिमुखिकरण अभियान सञ्चालन गरेको हो । महिलामाथि हुने बिभिन्न किसिमका हिंसा अन्त्य गर्ने उद्धेश्यले शारदा नगरपालिकाले जनचेतनामुलक अभिमुखिकरण सञ्चालन गरिरहेको महिला तथा बालबालिका शाखा प्रमुख रुक्मिना बस्नेतले जानकारी दिनुभएको छ ।
बिभिन्न कारणले पछि परेका महिलाहरु नै बढी हिंसामा हुने गरेको र कतिपय महिलाहरु आफु हिंसामा परेपनि हिंसा सहेर बस्ने अवस्था रहेकाले त्यस्तो अवस्थामा रहेका महिलाहरुलाई न्यायको पहुँच सम्म पु¥याउने गरि सचेतिकरणको कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । अहिलेसम्म नगरपालिकाको श्रीनगर, जोगिदेउखोला, स्यानीखाल र माल्नेटामा हिंसा न्युनिकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
सो अवशरमा जनप्रतिनिधि, प्रहरी, अधिकारकर्मी लगाएतकाले महिलामाथि शारिरीक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक परम्परा, पितृसत्तात्मक मूल्य–मान्यता लगाएतका हिंसा हुने भएकाले ती हिंसा हुन नदिने र यदी भैहालेमा सम्बन्धित निकायमा खवर गर्न आग्रह गरेका छन् ।