एम्बुलेन्स चालकद्धारा अस्पताल जाने सडकको मर्मत

सल्यान, २६ चैत ।
जिल्ला अस्पताल सल्यानमा जाने सडकको मर्मत गरिएको छ । लामो समयदेखी सडक मर्मत नहुदा खाल्डाखुल्डी भएको र यसले विरामी तथा बिरामी बोकेको सवारीसाधनलाई आवतजावतमा समस्या भएपछि एम्बुलेन्स चालकहरुले नै सडकको मर्मत गरेका हुन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानको आयोजनामा सडक मर्मत गरिएको अध्यक्ष ओम बहादुर जिसीले जानकारी दिनुभयो । विशेषगरी अस्पतालको प्रवेशक्षेत्र र इमरजेन्सी वार्ड जाने सडक मर्मत गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस