बार्षिक नतिजा प्रकाशन तथा उत्कृष्ट बिद्यार्थीलाई सम्मान

सल्यान, २६ चैत ।
सल्यानको शारदा नगरपालिका १ शितलपाटीमा रहेको मोडर्न तुल्सी सेकेन्डरी स्कुलमा अध्ययनरत बिद्यार्थीको नतिजा प्रकाशनसँगै उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको छ । आइतवार बिद्यालयको परिसरमा आयोजित नतिजा प्रकाशन कार्यक्रममा मन्टेश्वरी देखी कक्षा ९ सम्मका बिद्यार्थीहरुको बार्षिक नतिजा प्रकाशन गरिएको हो । विगत १६ बर्षदेखी सञ्चालनमा रहेको यो क्षेत्रकै अब्बल बिद्यालयका रुपमा परिचित छ ।

आज भएको कार्यक्रममा मन्टेश्वरीदेखी कक्षा ९ सम्म अध्ययनरत बिद्यार्थीमध्ये परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको हो । बिद्यालयका प्रिन्सिपल जित बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर दिपेन्द्र डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । भ्वाइस प्रिन्सिपल कैलाश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक अर्जुन न्यौपानेले गर्नुभएको थियो ।


गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुल मन्त्रका साथ शिक्षा, संस्कार र नेतृत्व विकासमा केन्द्रित यस बिद्यालयमा साँढे ५ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस