सल्यान, २७ चैत ।
सल्यानका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले पत्रकार समाजका ऐना भएको बताउनुभएको छ । चैत १० गतेको निर्णय अनुसार हालैमात्र प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा आउनु भएका उहाँले समाजमा लुकेर बसेका नागरिकको आवाज बोल्ने काम मिडिया र पत्रकारले गर्ने भएकाले पत्रकारलाई समाजको ऐनाको रुपमा लिइएको बताउनुभएको हो ।
सोमबार कार्यकक्षमा जिल्लामा रहेका पत्रकारहरुसंगको छलफल कार्यक्रममा बोल्दै उहाँले जिल्लामा रहदा जनचासोका बिषयमा काम गर्ने बताउनुभएको हो । बिकासका लागी पनि संचार आवश्यक रहेको उहाँको भनाइ छ । ‘जिल्लामा काम गर्न सक्ने थुप्रै सम्भावना बोकेका क्षेत्र छन्, यहाँ रहदा जनचासोको बिषयमा काम गर्ने छु’ उहाँले भन्नुभयो ‘सरकारी तवरबाट भएका कामको मापन गर्ने निकाय पनि पत्रकारिता जगत नै हो ।’
राज्य नपुगेको क्षेत्रमा समेत पत्रकार पुग्ने भएकाले सत्यतथ्य र वास्तविकलाइ पत्रकारले उठान गर्नुपर्ने उहाँको भनाइ छ । सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन, पुर्वअध्यक्ष प्रतीक इच्छुक शर्मा, प्रदेश समिती सदस्य दिपक शर्मा लगाएत जिल्ला क्रियाकलाप पत्रकारहरुको सहभागिता रहेको थियो ।