सल्यान, २९ चैत ।
जिल्ला अस्पताल सल्यान परिसरमा प्रतिक्षालय निर्माण गरिएको छ । अस्पतालमा उपचारको लागि आएका विरामी र विरामीका आफन्तलाई सहजताको लागि भन्दै नेपाल निवृत्त राष्ट्रसेवक समाज जिल्ला शाखा सल्यानले प्रशिक्षालय निर्माण गरेको हो । निवृत राष्ट्रसेवकको समितीमा आवद्ध ८१ जनाबाट संकलन गरिएको रु.एक लाख ६८ हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको प्रतीक्षालय निर्माण समिती संयोजक रेशम प्रकाश शर्माले जानकारी दिनुभयो ।
नेपाल निवृत्त राष्ट्रसेवक समाज सल्यानका अध्यक्ष टोप बहादुर मल्लले निवृत राष्ट्रसेवक पनि सामाजिक कार्यमा सक्रिय बन्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि अस्पताल परिसरमा प्रशिक्षालय निर्माण गरिएको बताउनुभएको छ । उक्त प्रतिक्षालय बुधबार स्वास्थ्य सेवा कार्यालय सल्यानलाई हस्तान्तरण गरिएको छ । समितीका अध्यक्ष मल्लले स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा समितीका कोषाध्यक्ष बालकृष्ण भट्टराई, सदस्य हुकुमराज आचार्य, नवराज थापा, प्रतीक्षालय निर्माण समिती संयोजक शर्मा लगाएतको सहभागिता रहेको थियो ।