नेकपा एकीकृत समाजवादीद्धारा सल्यानमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन

सल्यान, १ बैशाख ।
नयाँ बर्ष २०८० सालको अवशरमा सल्यानमा नेकपा एकीकृत समाजवादी पार्टीले शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार जिल्लाको सदरमुकाम खलंगामा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विकसित र समृद्ध सल्यान निर्माण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएकाले सल्यानी जनताको आसालाई निरासामा परिणत हुन नदिने शंकल्प गर्नुभएको छ । राप्ती राजमार्गको स्तरोन्नति गर्नुपर्ने, प्रदेश राजधानि जोड्ने सहितका दर्जन बढी सडकको स्तरबृद्धि तथा मर्मत गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, बिद्युतका क्षेत्रमा पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु आफ्नै अग्रसरतामा पुरा हुने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै सल्यान प्रदेशसभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले तिनै तहका सरकारसँग सहकार्य र समन्वय गरेर विकास र समृद्धिको लक्ष्य पुरा गर्ने प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरि केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, नेपाली काँग्रेसका जिल्ला सभापति केश बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर मल्लले बोल्नुभएको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सहइन्चार्जद्धय भद्रसिंह बुढा र लोक बहादुर डाँगी, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य शोभाराम वली, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुन, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार लगाएतले बोल्नुभएको थियो । पार्टीका उपाध्यक्ष भोला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव रमेश गौतमले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस