सल्यानका सबै बिद्यालयमा पुग्यो पाठ्यपुस्तक : भर्ना सँगै किताव वितरण

बिद्यालयमा पाठ्यपुस्तक आएसँगै सामुदायिक बिद्यालयहरुले बिद्यार्थी भर्ना र किताव वितरण अभियान सँगसँगै सञ्चालन गरेका छन् ।

सल्यान, ६ बैशाख ।

सल्यानमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सबै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् । विगतमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिनु, पुस्तक व्यवसायि र बिद्यालयले चासो नदिनुको कारणले पुस्तकको अभाव हुने गरेको थियो ।

यस पटक भने जिल्लामा समयमा नै पुस्तक आइपुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सल्यानका अध्यक्ष डम्बर केसीले जानकारी दिनुभयो । जिल्लामा रहेका पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिद गरेर सरकारी विद्यालयलाई सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको उहाँको भनाइ छ । यस बर्ष जिल्लाबाट कक्षा ६ देखी कक्षा १० सम्म ६ हजार सेट किताव माग गरिएको थियो ।

ती मध्ये ५ हजार ७ सय सेट किताव बिद्यालयहरुमा नै पुगिसकेको उहाँको भनाइ छ । ‘यस पटक समयमा नै किताव जिल्लामा आएको छ, सबै बिद्यालयमा किताव पुगिसकेको छ, केही बिद्यालयमा कक्षा ९ को ऐच्छिक अन्र्तगतको अर्थशास्त्र र शिक्षा बिषयको किताव मात्रै पुग्न बाँकी छ, त्यो पनि अवको केही दिनमा नै पुग्छ’ उहाँले भन्नुभयो ।

उहाँले जिल्लाका सबै बिद्यालयमा नै पाठ्यपुस्तक पुगेको बताउनुभयो । ‘यसपालि सबै पक्षको पहलमा समयमा नै किताव आयो, केही बिद्यालयमा किताव पुगेको छैन् भने त्यो बिद्यालयको कारणले होला, बाँकी सबै बिद्यालयमा पुस्तक पुगेको छ’ उहाँले भन्नुभयो । जिल्लाका केही स्थानिय तहले भने पाठ्यपुस्तक खरिद बाफतको रकम बिद्यालयको खातामा हाल्न बाँकी रहेको स्रोतले जनाएको छ ।

बिद्यालयमा पाठ्यपुस्तक आएसँगै सामुदायिक बिद्यालयहरुले बिद्यार्थी भर्ना र किताव वितरण अभियान सँगसँगै सञ्चालन गरेका छन् । महेन्द्र रत्न माद्यामिक बिद्यालय शारदा नगरपालिका–५ पिपलनेटाका प्रधानाध्यापक प्रकाश हमालले बिद्यार्थी भर्ना अभियान र किताव वितरण अभियान सँगै सञ्चालन गरिरहेको बताउनुभएको छ ।

‘अहिले ५ वटा समुह वनाएर बिद्यालय क्षेत्रभित्रमा बिद्यार्थी भर्ना अभियानका लागि घरदैलो अभियान सञ्चालन गरिरहेका छौँ, बिद्यालयमा बिद्यार्थी भर्ना अभियान र किताव वितरण सँगै गरेका छौँ, भर्ना हुन आउने सबै बिद्यार्थीलाई नयाँ किताव दिएर पठाउँछौँ’ उहाँले भन्नुभयो ‘बिद्यार्थी भर्ना अभियान बैशाख १५ गतेसम्म नै रहन्छ, तर बैशाख १० गतेबाट कक्षा सञ्चालन गर्छौ ।’

महेन्द्र माद्यामिक बिद्यालय छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराका प्रधानाध्याक रोमहर्ष केसीले अहिले बिद्यालयमा बिद्यार्थीहरुको भर्ना अभियान चलिरहेको र केही दिनमा घरदैलो अभियान पनि सञ्चालन गरिने बताउनुभयो । ‘अहिले बिद्यालयमा भर्ना हुने सबै बिद्यार्थीलाई किताव दिएर पठाउँछौँ’ उहाँले भन्नुभयो ‘बिद्यालयमा भर्ना कोही छुटे कि भनेर फेरी घरदैलो अभियान सञ्चालन गर्छौ ।’

त्रिभुवन जनता माद्यामिक बिद्यालय बन्गाड कुपिण्डे नगरपालिका–५ शंखपिपल च्युराका प्रधानाध्यापक गुमानसिंह बिष्टले कक्षा ९ को ऐच्छिक अन्र्तगतको अर्थशास्त्र र शिक्षा बाहेक अरु सबै किताव बिद्यालयमा आइपुगेको बताउनुभएको छ । ‘हामीले बिद्यार्थी भर्ना र किताव वितरणलाई सँगै अघि बढाएका छौँ, बाँकी रहेको २ बिषयका किताव पनि एक साता भित्रमा आउँछन्’ उहाँले भन्नुभयो ।

बिद्यालयमा भर्ना हुनासाथ नयाँ किताव पाएपछि बिद्यार्थीहरु खुसी भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस