सल्यान, १६ बैशाख ।
सल्यानमा घाइते अवस्थामा रहेको रतुवाको उद्धार गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौलाको जंगलबाट घाइते अवस्थामा रतुवाको बच्चाको उद्धार गरिएको हो । कुकुरले लखेट्दै गरेको अवस्थामा माउ रतुवा भागे र बच्चालाई स्थानियले उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानमा बुझाएका हुन् ।
घाइते अवस्थामा उद्धार गरिएको रतुवाको बच्चाको अहिले उपचार भैरहेको डिभिजन वन कार्यालय सल्यानका फरेष्टर देवेन्द्र महतले जानकारी दिनुभयो । अहिले वन कार्यालय परिसरमा नै रहेको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको र पुर्णरुपमा ठिक भैसकेपछि पुनः सोही जंगलमा लिएर छोडिने उहाँको भनाइ छ ।