सल्यान, १७ बैशाख ।
सार्वजनिक विदाको दिनमा जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि नियमित सेवा दिने भएको छ । सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासनले विभिन्न चाँडपर्व र दिवसमा दिँदै आएको विदामा पनि सेवाप्रवाह गर्ने जनाएको हो ।
नेपाल सरकारले २०८० बैशाखदेखि चैत्र मसान्तसम्म विदाको दिनमा पनि सार्वजनिक सेवा नियमिति रुपमा प्रवाह गर्ने व्यवस्था गरेअनुरुप सार्वजनिक विदाको दिनमा पनि सेवाग्राहीका लागि प्रशासन कार्यालय खुल्ला रहने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी दिनुभयो ।
सुचना
प्रशासन कार्यालयका अनुसार २०८० सालभित्र पर्ने उभौली पर्व/चण्डि पूर्णिमा/बुद्ध जयन्ती, गनतन्त्र दिवस, रक्षाबन्धन, श्री कृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उद्यौली/धान्यपूर्णिमा/योमरी पुन्ही, तमु ल्होसार, पृथ्वी जयन्ती, माघी पर्व, सोनाम ल्होसार, जनयुद्ध दिवस, राष्ट्रि प्रजातन्त्र दिवस, महाशिवरात्री/अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, इद उल फित्र/इद उल अजहा लगायतका चाडपर्व र दिवसहरुमा पनि प्रशासन कार्यालय खुला रहने छ ।
सो सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्वन्धि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ ।