सल्यानका ७४ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सल्यान, २० बैशाख ।
सल्यानका ७४ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको सिर्जनशिल प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई  शैक्षिक सामाग्री वितरण गरिएको हो । शिक्षाप्रेमी तथा समाजसेवि चन्द्र प्रकाश बुढा मगरको विशेष पहलमा वातावरण संरक्षण शिविर नेपाल र सिबिन नेपालको सहयोगमा प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक लाल बहादुर रोकाले जानकारी दिनुभयो ।

यस बिद्यालयका बालबिकास देखि कक्षा ५ सम्मका ७४ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जसमा ३ सय पिस कापि, २ सय ५६ पिस सिसाकलम, इरेजर, सार्पेन लगाएतका सामाग्री वितरण रएको हो । बिद्यार्थीको पढाई निरन्तरता र सिकाईलाई थप उपलब्धिमुलक बनाउन शैक्षिक सामाग्री वितरण गरिएको शिक्षक झक्कु प्रसाद वलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस