सल्यानमा पहिलोपटक टिभिएसको बाइक एओजि राईड हुँदै

सल्यान, २१ बैशाख ।
सल्यानमा पहिलो पटक टिभिएसको बाइक राईड हुने भएको छ । शनिवार बिहान जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट खलंगा हुदैँ बरलासम्म बाइक राईड हुने छ । टिभिएस मोटर्सको सल्यानका लागि आधिकारिक बिक्रेता एचके अटोमोबाईल्सले यस क्षेत्रका अपाचे पारखीहरुलाई पहिलो पटक राईडको आयोजना गरेको हो ।

राईड शनिवार बिहान ०९ : ४५ मा सोरुमबाट सुरु भएर खलंगा हुदै बरला सम्म पुग्ने छ । बरलामा विभिन्न मनोरन्जनात्मक कार्यक्रम राखिएको सञ्चालक सुमन बिष्टले जानकारी दिनुभयो । सल्यान जिल्लामा पहिलोपटक बाइक राईड हुन लागेको जगदम्बा मोटर्सका रिजनल म्यानेजर धनिराम भुसालले जानकारी दिनुभयो । राईडमा सहभागी हुन चाहाने ईच्छुक राईडरहरुले टिभिएस सोरुम सल्यानमा सम्पर्क गर्न सक्नु हुनेछ ।

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालिले आफ्ना देशभरका अपाचे उपभोक्ताहरुलाई लक्षित गरेर एओजि राईड गराउदैँ आएको छ । राईडरहरुलाई सामाजिक विकासमा पनि प्रेरित गर्ने किसिमले यो राईड सञ्चालन गर्न लागिएको अन्तर्राष्ट्रिय मार्शल गौरव पाठकले जानकारी दिनुभयो । पाठक नेपालबाट अन्तर्राष्ट्रिय राईडमा सहभागि हुने एक मात्र राईडर हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित