सल्यान, २१ बैशाख ।
सल्यानको कपुरकोटमा शारीरिक अपांगता पहिचान सम्बन्धि निशुल्क घुम्ति शिविर सम्पन भएको छ । कपरकोट गाउपालिकाको आयोजना र अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको प्राविधिक तथा आर्थिक सहयोमा निशुल्क घुम्ति शिविर सम्पन भएको हो । शिविरमा पालिका भित्रका ६४ जनाले सेवा लिएका छन् । स्वास्थ्य परिक्षण गरिएका मध्यबाट अपांगताको आधार सहायक सामाग्री हस्तान्त्रण गरिएको छ ।
जसमा एक जनालाई मेच, ५ जनालाई वाकर, अर्थोपेडिक सहायक सामाग्री ६ जनालाई, बौशाखी २ जनालाई, माइनर शल्यक्रिया २ जनालाई र १३ जनालाई रिफर शल्यक्रियामा लागि बनेपा रिफर गरिएको छ ।
बालबालिकालाई अपांगता हुनबाट बचाउने उद्धेश्यका साथ जिल्लाका बिभिन्न स्थानिय तहमा निशुल्क स्वास्थ्य परिक्षण शिबिर सञ्चालन भैरहेको छ । जसमा जन्मेदेखि १८ बर्ष सम्मका बालबालिकाहरुलाई सेवा दिइने छ । शिबिरमा जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अंगहरु एकआपसमा टासिएको खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको बांगो भएको वा हड्डिहरु नजोडिएको, जोड्नी र घुडाको समस्या भएको, जोर्नि दुख्ने वा सुनिने समस्या भएको भएको चेकजाच गरिन्छ ।
यस्तै हड्डी पाकेर लामो समयसम्म पिप आइरहने, औलाहरु एकआपसमा टाँसिएको वा बढि भएको, कृतिम हात खुट्टा वा अंगहरुको आवश्यकता भएको, हड्डीहरुमा टिवि रोग लागेको, शरिरका बिभिन्न जोर्नि बांगो भएको र अन्य हाडजार्नि सम्बन्धि समस्या भएकाको शिविरमा चेकजाँच भैरहेको कार्यक्रम संयोजक होमराज केसिले जानकारी दिनुभएको छ ।