आयुर्वेदिक उपचारमा नागरिकको चासो


सल्यान, २५ बैशाख ।
सल्यानमा आयुर्वेद्धिक उपचारमा नागरिकको चासो बढेको छ । जसका कारण पछिल्लो समय जिल्लाको सदरमुकाम खलंगामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि सेवाग्राहीको संख्यान दिनप्रतिदिन बढ्दै गएको छ । अहिले यहाँ उपचारका लागि दैनिक ४० जना सम्म सेवाग्राही आउने गरेका छन् ।

आयुवेद्धिक उपचारमा चासो बढ्नुका साथै जडिबुटिबाट बनेको आयुर्वेद्धिक औषधि सेवन गर्ने नागरिक बढेका छन् । स्वास्थ्य केन्द्रका अभ्यानकर्ता राधिका शाहले पछिल्लो समयमा सेवासुविधालाई थप विस्तार गरेसँगै सेवाग्राही बढेको बताउनुभयो । जसमा बालबालिका भन्दा ४० बर्ष माथिका नागरिकको भिड बढी हुने गरेको उहाँको भनाइ छ ।

सिद्धकुमाख गाउपालिका ३ ढोरचौरकी निमा पुनले आयुर्वेद्धिक औषधिले आफुलाई सन्चो बनाएको बताउनुभयो । केहि समय पहिलेदेखी हातखुुट्टा दुख्ने समस्या भएको र मेडिकलमा ठिक नभएपछि आयुर्वेद्धबाट मालिस गर्ने औषधि लिएर प्रयोग गरेपछि ठिक भएको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस