प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा वली निर्वाचित

सल्यान, ३१ बैशाख ।
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा दिपा वली निर्वाचित हुनुभएको छ । जिल्लाको शितलपाटीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले वलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा रुपलाल भण्डारी, महिला उपाध्यक्षमा हिमा बस्नेत ओली, सचिबमा बिक्रम बोहरा, कोषाध्यक्षमा सुरेश बुढाथोकी, सहसचिबमा दयारम बुढा र सहकोषाध्यक्ष पार्बती नेपाली निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कृष्णराज बुढाथोकी, धनमाया दसौदी, शिबराज डाँगी, चक्र बहादुर केसी, गिता बुढा, जित बहादुर रावत, नर बहादुर बुढाथोकी, फौज बहादुर बस्नेत, आसिराम रोकाया र होताराम रावत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित