नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सल्यानमा धर्ना

सल्यान, २ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै सल्यानमा धर्ना दिइएको छ । मानव अधिकार तथा शान्ति समाज सल्यानको आयोजनामा मंगलवार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको हो । ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’, ‘ठुला नेता मिलेका : अरब अरब निलेका’, ‘भ्रष्टाचार हटाउ : देश बचाउ’, ‘शिर्ष नेताहरुको सम्पत्ति छानविन गर’ लगाएतका प्लेकार्ड सहित धर्ना दिइएको हो ।

सत्ता र शक्तिको आडमा कानुनलाई हातमा लिएर नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेशमा पठाउने र अकुत सम्पत्ति आर्जन गर्ने कार्यमा संलग्न जोकोहीलाई पनि कारबाही गरिनुपर्ने माग सहित धर्ना दिइएको मानव अधिकार तथा शान्ति समाजका सभापति बिमला डाँगीले जानकारी दिनुभयो । सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने, मानवअधिकारमैत्री ऐन बनाइ संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउनु पर्ने उहाँको भनाइ छ ।

धर्ना कार्यक्रममा निबर्तमान सभापति बिष्णु कुमारी शर्मा, सचिब अंगेश्वर डाँगी, सदस्यहरु मुना हमाल, जैशिला गिरी, दल बहादुर बिक, रिता शाही, शान्तिप्रभा पुरी लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित