सल्यान, ३ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्न ध्यानाकर्षण गराउदैँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) सल्यानले निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
सरकारलाई दवाव सिर्जना गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको पार्टीका जिल्ला अध्यक्ष हरि केसीले जानकारी दिनुभयो । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन आजसम्म सरकारने राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै ज्ञापन पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ ।
देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जनाइएको छ ।
ज्ञापन पत्र :