सदस्यता त्यागको स्वघोषणा गर्न निष्कृय पत्रकारलाई सल्यान शाखाको आग्रह

सल्यान, ५ जेठ ।
निष्कृय पत्रकारलाई नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्यागको स्वघोषणा गर्न नेपाल पत्रकार महासंघ सल्यान शाखाले आग्रह गरेको छ । शुक्रवार खलंगामा सम्पन्न महासंघको बैठकले लामो समय देखि पत्रकारितामा नरहेका र फरक पेसामा रहेकाहरुलाई साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको हो ।

महासंघका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा बसेको बैठकले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत हिजो पत्रकारितामा रहेका र सो बेला साधारण सदस्यता लिएका तर अहिले पत्रकारितामा निष्कृय रहेका व्यक्तिहरुलाई सदस्यता आफैले त्यागेको घोषणा गर्न आग्रह हो ।

यस्तै आगामी १५ दिन भित्रमा सदस्यता नविकरण गरिसक्ने निर्णय पनि भएको कार्यवाहक अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तै महासंघमा रहेका अक्षयकोष व्यवस्थापन तथा थप कार्य सम्पन्न गर्नका लागि उपाध्यक्ष सरिता चलाउने, कोषाध्यक्ष शिब डाँगी र सदस्य सञ्जिव देवकोटा रहेको समिती गठन गरिएको छ ।

यस्तै पत्रकार महासंघको भौतिक तथा संस्थागत विकास, पत्रकारको बृद्धि विकासका लागि बिभिन्न निकायसँग साझेदारी गरेर अघि बढ्ने निर्णय गरिएको महासंघका सचिव टिकाराम भण्डारीले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस