सल्यानमा दुई दिने युवा सम्मेलन शुरु

सल्यान, ५ जेठ ।
सल्यानमा दुई दिने युवा सम्मेलन सुरु भएको छ । शनिवारसम्म सञ्चालन हुने युवा सम्मेलन शुक्रबारबाट जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा सुरु भएको हो । राष्ट्रिय युवा परिषद् र सल्यान दृष्टिकोणको समन्वय तथा परिणाम नेपालको आयोजनामा जिल्लामा युवा सम्मेलन सुरुभएको हो । सम्मेलनमा जिल्लाका दश वटै पालिकाबाट १ सय बढी युवायुवतिको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी युवाहरुले शिक्षामा गुणस्तर नभएको, शिक्षामा स्थानीय सरकारले जोड नदिएको, सरकारी विद्यालयको शिक्षामा गुणस्तर नभएको, कृषिमा आधुनिकिरण नभएको लगाएतका बिषयमा चासो राखेका थिए । सम्मेलनको पहिलो दिन अविष्कारक महावीर पुन, पुरुषोत्तम गिरी, सुरेन्द्र बस्नेत, विर बहादुर सेजवाल, धर्मराज घर्ती लगाएतले विचार राख्नुभएको थियो ।

शनिवार सागर ढकाल, प्रकाश सिग्देल, प्रकाश शर्मा लगाएतका व्यक्तिहरुले प्रशिक्षण दिने छन् ।

 

प्रतिक्रिया दिनुहोस