कालिका माध्यमिक बिद्यालयको ३४ औँ बार्षिकोत्सव सम्पन्न

कपुरकोट, ७ जेठ ।
सल्यानको कपुरकोटमा रहेको कालिका माद्यामिक बिद्यालयको ३४ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मीन बहादुर सेनको अध्यक्षता एवम् कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख अतिथ्यता र गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको बिशिष्ट आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर सुधार आजको आवश्यकता भएको बताएका छन् । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको चौतर्फी रुपमा गुणासो आइरहेको अवस्थामा बिद्यालयको पुर्वाधार विकासमा जोड दिदैँ बिद्यार्थीलाई रचनात्मक र सक्षम बनाउनु आजको आवश्यकता भएको उनीहरुले बताएका हुन् ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक चुडामणी केसीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । शिक्षक बामदेव अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक मदुसुधन गिरीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस