[ निर्वाचित भएको एक बर्ष ] दलितको जीवन विमा देखी शैक्षिक सुधारका काम गरेका छौँ : उपाध्यक्ष केसी


सल्यान, १० जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी केसीले निर्वाचित भएको एक बर्षमा राम्रा कामको शुरुवात भएको बताउनुभएको छ । जनताले धेरै आसा र अपेक्षा गरेर निर्वाचित गराएको बताउँदै उहाँले एक बर्षको अवधिमा दलितको जीवन विमा देखी शैक्षिक सुधारका काम गर्न सफल भएको बताउनुभएको छ ।

सिमित स्रोत साधन र समय, परिस्थिति, ऐन कानुनलगायतका कारण केही चुनौती थपिएको भएपनि गौशाला निर्माण, दलितको जीवन विमा, शैक्षिक सुधारलगायतका काम गरेको उहाँको भनाइ छ । गाउँसभाबाट पारित वजेट, योजना तथा कार्यक्रम नियमितरुपमा कार्ययोजना अनुसार अगाडि बढेको, छाडा चौपायाको व्यबस्थापनका लागि नयाँ गौशाला सञ्चालन तथा व्यबस्थापन गरिएको, गाउँपालिकालाई न्यायिक हिसावले मेलमिलापको केन्द्र बनाएको, दलितहरुको जीवन विमा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ ।

‘शैक्षिक सुधार कार्यक्रम, अपांग परिचय पत्र वितरण पूर्व कार्यविधि, कानूनका बारेमा अभिमूखिकरण (नयाँ अभ्यास), न्यायिक समितिमा विवाद निरुपनका लागि गाउँपालिकामा उपलब्ध विवादसंग सम्वन्धीत विषयमा विज्ञता भएका ब्यक्तिबाट सहजीकरण र मिलापत्र, पोषण कोशेली जस्ता थुप्रै कार्यक्रम एक बर्षको अवधिमा सञ्चालन गरेका छौँ’ उहाँले भन्नुभयो ‘स्वास्थ्य, सडक, बिद्युत्त, खानेपानी, कृषि तथा पशुपालनका क्षेत्रमा पनि धेरै कामको शुरुवात गरेका छौँ ।’

उहाँले सामाजिक सुरक्षाभत्ता वडा तहवाट वितरण गर्ने, क्रमागत खानेपानी आयोजनाहरु पन्नेताल, लान्तीवजार, बृहत खानेपानी लेखपोखरा, ज्यामिरे खानेपानी, दमाचौर खानेपानी लगाएतका थुप्रै कामहरु सञ्चालन गर्ने गरी योजना निर्माण भैरहेको बताउनुभयो । कार्यालयसंग र अन्य बिकास निर्माणका बिषयमा सुघारका लागि पहल भैरहेको उहाँको भनाइ छ । यसअवधिमा विभिन्न सामाजिक कार्यमा व्यक्तिगत रुपमा सहयोग पनि गरेको उहाँले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस