लिफ्ट मार्फत ८० घरधुरीमा खानेपानी पुर्‍याइदै

‘विहान २ वजे नै उठेर पानी ल्याउन कुवामा जानुपर्छ, जो पहिला पुग्छ उसले २/४ गाग्री पानी पाउँछ, बाँकीले पानी संकलन हुदाँसम्म पर्खिएर बस्ने हो’ उहाँले भन्नुभयो ‘घरबाटै डेढ/दुई घण्टासम्म हिडेर जानुपर्ने बाध्यता छ ।’

सल्यान, १३ जेठ ।
खानेपानीको निकै हाहाकार भएका सल्यानका उच्च भेगमा लिफ्ट प्रविधि मार्फत खानेपानी पु¥याउन थालिएको छ । जिल्लाको शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे, ढिरुवा लगाएतका वस्तीमा खानेपानी पु¥याउन थालिएको हो । अहिले यी बस्तीमा खानेपानी नहुदाँ नागरिकले सास्ती पाउदैँ आएका छन् । खानेपानीको लागि विहान २ वजे नै उठेर कुवामा जानुपर्ने बाध्यता रहेको स्थानिय खुइतु थापाले जानकारी दिनुभयो ।

‘विहान २ वजे नै उठेर पानी ल्याउन कुवामा जानुपर्छ, जो पहिला पुग्छ उसले २/४ गाग्री पानी पाउँछ, बाँकीले पानी संकलन हुदाँसम्म पर्खिएर बस्ने हो’ उहाँले भन्नुभयो ‘घरबाटै डेढ/दुई घण्टासम्म हिडेर जानुपर्ने बाध्यता छ ।’ खानेपानीको अभाव हुदाँ स्थानियको दैनिकी नै प्रभावित भएको उहाँको भनाइ छ । नयाँबस्ती, सानीगारे, ढिरुवा लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष समेत रहनुभएका थापाले अहिले काकाकुल बस्तीमा खानेपानी पु¥याउने गरी काम भैरहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको बहुबर्षिय योजनामार्फत अहिले २ करोड १५ लाखमा लिफ्ट खानेपानीको काम भैरहेको छ । खानेपानी आयोजनाको शनिवार शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले शिलान्यास गर्नुभएको छ । खानेपानीको शिलान्यास गर्दै नगरप्रमुख भण्डारीले खानेपानीको अभावमा काकाकुल वनेका वस्तीमा खानेपानी पुर्याउने उद्धेश्यका साथ नगरपालिकाले बृहत आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

यसक्षेत्रका तीन वटा बस्तीका करिब ८० घरधुरीमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम शुरु गरिएको शारदा नगरपालिका–९ का वडाअध्यक्ष हेमेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँले मानववस्ती भन्दा तल रहेको हरलेखोलाबाट लिफ्ट मार्फत खानेपानी पु¥याउन लागिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस