सल्यानमा २० औँ राष्ट्रिय धान दिवस : फोटो फिचर

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान, १५ असार ।
सल्यानमा पहिलो पटक मेसिनबाट धान रोपिएको छ । जिल्लाको शारदा नगरपालिकास्थित शितलपाटीमा २० औँ राष्ट्रिय धान दिवसको अवसर पारेर मेसिनबाट धान रोपिएको हो । किसानलाई कृषि प्रणालीमा आकृषित गर्दै लागत कम गर्ने र उत्पादन बढाउने उद्धेश्यकासाथ जिल्लामा पहिलो पटक मिनी राइस ट्रान्सप्लान्टरबाट धान रोपिएको हो । मिनी राइस ट्रान्सप्लान्टर मेसिनबाट धान रोप्दै कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले सरकार सदैव किसानको साथमा रहेको बताउनुभएको छ ।

जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ आयोजित रोपाइ महोत्सवमा जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल लगाएतको सहभागिता रहेको थियो । पञ्चेवाजाको साथमा सञ्चालन गरिएको रोपाइ महोत्सवको आयोजना कृषि विकास कार्यालय सल्यान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यान, शारदा नगरपालिका र शिवजन माध्यमिक विद्यालय शितलपाटी लगाएतकाले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस