स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश कार्य समितीको माग

 

सल्यान, ३ साउन ।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश कार्यसमितीले स्वास्थ्य मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । एक बिज्ञप्ती जारी गर्दै संगठनका प्रदेश अध्यक्ष तारा प्रसाद रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न र समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्न समेत माग गर्नुभएको छ ।

बिज्ञप्तीमा स्वास्थ्यका कर्मचारीहरुको पुनः समायोजन गर्न पनि माग गरिएको छ । २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोरो सहमति लिएर कामकाज गरिरहेका स्वास्थ्यका कर्मचारीलाई १ साउनबाट दरबन्दी भएको स्थानमा फर्कन निर्देशन दिएको थियो ।

संगठनले वर्षायाममा विभिन्न महामारी तथा प्रकृति प्रकोपहरुको उच्च जोखिमलाई समयमा नै व्यवस्थापन नगरी जनताको स्वास्थ्यप्रति उदासीनता बन्ने, खेलवाड गर्ने काम गरेको भन्दैं स्वास्थ्यकर्मीमाथि मानसिक तनाव सिर्जना गर्ने मन्त्रालयको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्ती हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस