सल्यानमा स्वयमसेवि रक्तदाताको विवरण तयार पारिने

सल्यान, १० भदौँ ।

सल्यानमा स्वयमसेवि रक्तदाताको विवरण तयार पारिने भएको छ । जिल्लामा ब्लड बैँक सञ्चालनको प्रक्रियामा रहेपनि पुर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएकाले तत्कालको लागि रगत आपुर्तीलाई सहज बनाउन स्वयम्सेवि रक्तदाताको विवरण तयार पारिने भएको हो ।

इन्सेक कर्णाली प्रदेश अन्र्तगत सल्यानमा रहेको जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालद्धारा आइतवार खलंगामा आयोजित बैठक तथा छलफलमा स्वयम्सेवि रक्तदाताको विवरण तयार पार्ने निर्णय भएको सञ्जालका सदस्य मुना हमालले जानकारी दिनुभएको छ ।

ब्लड बैँक नहुदा अहिले पनि विरामी र विरामीका आफन्तले सास्ती पाउदै आएकाले नाम, ठेगाना, सम्पर्क नंम्बर र ब्लड ग्रुप सहितको विवरण तयार पार्ने र रगत आवश्यक पर्ने विरामीलाई तत्कालै आपुर्ती गर्न सजिलो उहाँले जानकारी दिनुभयो ।

यस्तै छलफलमा जिल्लामा पछिल्लो समय बढ्दै गएका मानवअधिकार उलंघन तथा ज्याददीका घटनाका सन्दर्भमा यस्ता घटनालाई रोक्नका लागि सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने सदस्य हमालले जानकारी दिनुभएको छ ।

छलफलले मानव अधिकार रक्षक सञ्जाल सल्यानको संयोजकमा मुना हमाललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस