सल्यान, २८ भदौँ ।
सल्यानको शारदा नगरपालिका–२ बाट सडक आश्रित ५५ बर्षिय बृद्ध रामलाल कामीको भदौँ २७ गते उद्धार गरिएको छ । विगत एक दशक देखी मानसिक स्वास्थ्य समस्या भाग्दै आएको र विगत तीन महिनादेखी शारीरिक स्वास्थ्य समस्याका कारणमा सडकमै आश्रित रहेका ती बृद्धको उद्धार गरिएको हो । कृष्णनगर कपिलवस्तुमा कार्यरत प्रहरी इनिस्पेक्टर लक्ष्मण ओली, शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमाल र इन्सेक जिल्ला तथ्यांक संकलक बुद्धिमान पुनको पहलमा बृद्धको उद्धार गरिएको हो ।
उद्धार गरिएका ती बृद्धको उपचार तथा संरक्षणका लागि निल सागर सेवा आश्रम नेपालगन्ज बाँकेमा पठाइएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको, परिवार तथा आफन्तजनले बेवास्ता गरेको र विगत केही महिनादेखी सडक आश्रित ती बृद्धको उद्धार गरेर निल सागर सेवा आश्रम नेपालगन्ज पठाइएको शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो । उद्धार कार्यमा शारदा नगरपालिका, जिल्ला प्रहरी कार्यालय सल्यान लगाएतले सहयोग गरेका थिए ।