सल्यानमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यान ८ माघ ।
सल्यानमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई आफ्नै श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आरापितले माघ १० गते विहे गर्ने भनेर घरमा ल्याएको र परम्परा अनुसार विहे नभएपनि उनीहरु एउटै घरमा बस्दै आएका थिए ।

उनीहरुका विचमा झैझगडा भएको र श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या भएको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरी अहिले घटनास्थलमा रहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित